Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

विद्यालयमा आक्रमण सातको मृत्यु, ६६ घाइते

शुक्रबार, ०२ असार २०७४

काठमाडौ २ असार/ पूर्वी चीनमा रहेको एउटा पूर्व-प्राथमिक विद्यालयमा बिहीवार विष्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका स्थानीय प्रशासनले जनाएको छ।
जियाङ्सु प्रान्तका फेङ्सियन प्रदेशको प्रशासनले विष्फोट नर्सरीका बालबालिका अध्ययन गरिरहेको कक्षाकोठा नजिकै स्थानीय समय अनुसार दिउसो ४ः५० बजे भएको प्रारम्भिक सूचना प्राप्त भएको जनाएको छ।
चीनको केन्द्रिय टेलिभिजनले दुई जनाको घटनास्थलमा र अन्य पाँच जनाका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ। अस्पताल स्रोतले दिएको जानकारी अनुसार घाइतेमध्ये साँझ ७:४५ बजेसम्म नौ जनाको अवस्था गम्भीर रहेको छ।

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया