Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

कक्षा ११ को परीक्षा : अर्काको नाममा दिने पक्राउ

विहीबार, ०१ असार २०७४

काठमाडौं - बिहीबारबाट शुरु भएको कक्षा ११ को परीक्षामा अर्कैको नाममा परीक्षा दिन गएका एक जना युवा पक्राउ परेका छन् । तिनकुने स्थित नासा ईन्टरनेशनल कलेज सेण्टरमा परीक्षा दिन गएका पवन राईलाई पक्रेर प्रहरीको जिम्मा लगाईएको परीक्षा केन्द्र श्रोतले जनाएको छ ।

खोटाङ् दिक्तेलका राई कोटेश्वर बहुमखि क्याम्पसका विद्यार्थी पवन रेग्मीको नाममा परीक्षा दिन गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बानेश्वर प्रहरीले जनाएको छ ।

परीक्षामा अमर्यादित काम गर्नेलाई ६ महिना जेल र रु. एक लाख सम्म जरिवानाको ब्यवस्था छ । यो विषयका बारेमा जानकारी प्राप्त भएपनि निर्णय गर्न बाँकी रहेको नियन्त्रक डम्बर कुमार बतासले बताए ।
बिहीबार साँझ सम्म प्राप्त विवरण अनुसार अन्यत्र मर्यादित रुपमा परीक्षा सम्पन्न भएको उनको दावी छ ।

'अहिले सम्म प्राप्त रिपोर्टिङ् अनुसार परीक्षा मर्यादित भएको छ' उनले भने, 'प्रदेश नम्बर २ मा भएको आन्दोलनका कारण समस्या हुन्छ की भन्ने अड्कल काटिए पनि राजनीतिक दलहरुले परीक्षालाई प्रभाव पार्ने गरी कृयाकलाप नगर्ने प्रतिवद्धता जनाएका कारण परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।'

परीक्षाका लागि देशभरी ९ सय ९३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालन गर्न केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, सुरक्षाकर्मी गरी कूल ४१ हजार ५ सय ३२ जना परिचालन छन् ।
परीक्षामा देशभरबाट ४ लाख ४९ हजार ५४ जना विद्यार्थीले आवेदन भरेको बतासले बताए ।

कक्षा १२ को परीक्षा अब्यवस्थित रुपमा भएको भन्दै तत्कलिन नियन्त्रकलाई हटाए पछि नियुक्त भएा बतासका अघिल्तिर परीक्षाको विगतको बिग्रेको साख जोगाउने चुनौती छ । 

प्रतिक्रिया