काठमाडौं १ असार /गैरआवासीय नेपाली संघ(एनआरएन)थाइल्याण्डले ३५ लाख ८९ हजार ९ सय ९९ रुपैंयाको अक्षय कोषबाट नागरिक छात्रवृत्ति स्थापना गरेको छ ।
उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको उपस्थितिमा संघका थाइल्याण्ड अध्यक्ष खगेन्द्रराज ढकालले काठमाडौंमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । कोषले प्रत्येक वर्ष ८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ । पहिला ५ वर्ष भने भूकम्प प्रभावित विद्यार्थीलाई प्राथमिकता दिइने ढकालको भनाइ छ ।
कान्तिपुरमा प्रकाशित खबर
प्रतिक्रिया