ज्ञानकुञ्ज श्रेष्ठ / अहिले नेपालको सामुदायिक बिद्यालयमा शिक्षण माध्यम भाषाको रूपमा कतिपय बिद्यालयले पूर्ण अङ्ग्रेजी माध्यमको प्रयोग गरिरहेका छन् र उनीहरु संस्थागत बिद्यालयसँग प्रतिस्पर्धा गर्न सफल पनि छन् । त्यसकै सिको गर्दै अरु बिद्यालयले पनि धमाधम अङ्ग्रेजी पाठ्यपुस्तक पढाउन सुरु गरेका छन् ।पूर्वाधार बिनाको यो सिकोले परिणाम झनै बिगि्रएको छ । नेपाली माध्यमबाट बिध्यार्थीले जति ज्ञान हासिल गर्थे त्यति पनि विषय बस्तुको ज्ञान हासिल गर्न सकेका छैनन् ।नहाँसको चाल,न कुखुराको चाल भने जस्तो भएको छ ।
के अङ्ग्रेजी माध्यमबाट सिकाएर मात्र राम्रो हुने हो ? राष्ट्रभाषा नेपालीबाटै राम्ररी पढाए हुन्न ? के मातृभाषाबाट जिवनोपयोगी ज्ञान दिएर दक्ष जनशक्ति तयार पार्नुपर्ने होइन ? के संधै बिदेशी बजारमा बिकाउहुने जनशक्तिमात्र तयार पार्ने ? प्रश्न खडा भएको छ ।
अङ्ग्रेजी माध्यमबाटनै पढाउने हो भनेपनि पहिले शिक्षक त्यसअनुशार तयार पार्नु पर्यो । अधिकांस सामुदायिक बिद्यालयमा पुर्वप्राथमिक कक्षाको ब्यबस्था छैन,त्यो ब्यबस्था गर्नु पर्यो । अन्य मातृभाषा बोल्ने बानिपरेका विद्यार्थीलाई पूर्वप्राथमिक तहदेखिनै तयार पार्नु पर्यो।एकैपटक एक कक्षामा बर्णमालाको पनि ज्ञान नभएका बिध्यार्थिलाइ अङ्ग्रेजी लाद्नु भएन ।
अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा भएको कारण अहिलेको भुमन्डलिकरणको युगमा त्यसको पनि ज्ञान हुनु राम्रो हो तर आफ्नै भाषाको प्रयोग गरेरै विश्व बजारमा प्रतिस्पर्धा गरिरहेका चीन र जापानजस्ता एशियाली मुलुक हाम्रै आँखा अगाडि छन् । नयाँ शैक्षिकसत्र आउन लागेको सन्दर्भमा एकचोटी यसबारेमा पनि सोच्ने कि ? देखासिकिको भरमा काम नगर्नेकी ?
प्रतिक्रिया