काठमाडौं ३१ जेठ/पर्वतमा सञ्चालित एकमात्र दृष्टिविहीन स्रोतकषमा अध्ययनरत विद्यार्थीका लागि छात्रावास निर्माण हुने भएको छ । विगत केही वर्षदेखि जिल्लाका विभिन्न स्थानमा बालबालिका तथा शिक्षाको क्षेत्रमा काम गर्दै आइरहेको प्लान नेपालले ६१ लाखभन्दा बढीको लागतमा छात्रावास निर्माण गर्दैछ ।
इन्प्रेड नेपालद्वारा सञ्चालित समावेशी शिक्षा प्रवद्र्धन परियोजनाअन्तर्गत उक्त भवन निर्माण हुने भएको हो । शिवालय मावि कुश्माको परिसरमा भवन निर्माणको थालनी गरिएको संस्थाका कार्यक्रम अधिकृत टुकप्रसाद शर्माले जानकारी दिए ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।
प्रतिक्रिया