Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

कक्षा ११ को परीक्षा तयारी, मर्यादा जोगाउने चुनौती

मंगलबार, ३० जेठ २०७४

काठमाडौं - कक्षा ११ को परीक्षाको तयारी सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा अब्यवस्थित रुपमा भएको भन्दै तत्कलिन नियन्त्रकलाई हटाए पछि कक्षा ११ को यो परीक्षा नयाँ नियन्त्रकबाट सञ्चालन हुँदै छ ।

कक्षा १२ को परीक्षाका बेला आवश्यक प्रश्नपत्र समेत पुर्याउन नसकेर परीक्षा सञ्चालन अब्यवस्थित गरेको अभियोगमा हटाईएका तत्कालिन नियन्त्रक सन्तोष कुमार अर्यालबारे छानविन गर्न गठित समितिले बुझाएको प्रतिवेदन अहिले सम्म गोप्य राखिएको छ ।

तत्कालिन नियन्त्रक अर्यालका कृयाकलापबारे अध्ययन गर्न मन्त्रालयले सहसचिव डा. हरी लम्सालको संयोजकत्वमा छानविन समिति बनाएको थियो ।

अर्याललाई हटाए पछि बोर्डको परीक्षा नियन्त्रकमा डम्बर कुमार बतास नियुक्त भएका छन् ।

उनका अघिल्तिर परीक्षाको विगतको बिग्रेको साख जोगाउने चुनौती छ ।  

असार १ गतेबाट शुरु हुने कक्षा ११ को परीक्षा तयारीबारे जानकारी दिन मंगलबार शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यबहाक अध्यक्ष समेत रहेका शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले छानविन समितिको प्रतिवेदन प्राप्त भएपनि अध्ययनकै क्रममा रहेको बताए । अहिलेको मुख्य ध्यान कक्षा ११ को परीक्षा मर्यादित बनाउनु रहेकोले बोर्ड त्यसमै कृयाशिल रहेको उनले बताए ।

'प्रतिवेदन आएको छ, त्यो अण्डर स्टडीमै छ' उनले भने, 'विगतमा भएका कमजोरी नदोहोर्याउने गरी परीक्षा मर्यादित गर्न बोर्ड प्रयत्नशील छ ।'

बन्द हड्ताल नगर्न आग्रह

परीक्षाका अवधिमा बन्द हड्ताल जस्ता विद्यार्थीलाई प्रभाव पार्ने काम नगर्न उनले राजनीतिक दल र तिनका भात्रृ संगठनलाई आग्रह समेत गरे ।

स्थानीय तहको निर्वाचनका कारण पटक पटक मिति सर्दै असार १ गतेका लागि तय भएको परीक्षाका बेला तराई केन्द्रित दलहरु आन्दोलनमा उत्रिएका छन् । जसले गर्दा परीक्षा सञ्चालन थप चुनौतीपूर्ण भएको छ ।
तर दल र तीनका नेताहरु विद्यार्थी प्रति संवेदनशिल हुने विश्वास गरेको श्रेष्ठले बताए । परीक्षालाई मर्यादित र विश्वसनीय बनाउन बोर्ड प्रयत्नशील रहेको सदस्य सचिव डा. डिल्लि रिमालले बताए ।

परीक्षा सञ्चालनका लागि ४१ हजार परिचालित

परीक्षाका लागि ४१ हजार ५ सय ३२ जना परिचालित हुने नियन्त्रक बतासले बताए ।  परीक्षाको सबै तयारी सकिएको बताएउँदै उनले परीक्षालाई मर्यादित र ब्यवस्थित गर्न बोर्ड गम्भिर रहेको उल्लेख गरे ।  

परीक्षाका लागि देशभरी ९ सय ९३ परीक्षा केन्द्र निर्धारण गरिएको र हरेक केन्द्रमा एक एक जना केन्द्राध्यक्ष, १ हजार ९ सय ६० जना सहायक केन्द्राध्यक्ष, २२ हजार ९ सय १३ जना निरीक्षक, १ हजार ५ सय ७४ जना कर्मचारी, २ हजार १ सय ७५ कार्यालय सहयोगी र ११ हजार ९ सय १६ जना सुरक्षाकर्मी गरी कूल ४१ हजार ५ सय ३२ जना परिचालन हुने छन् ।  

परीक्षामा देशभरबाट ४ लाख ४९ हजार ५४ जना विद्यार्थीले आवेदन भरेको बतासले बताए । जस अनुसार छात्रको संख्या २ लाख ११ हजार ८ सय २२ र छात्राको संख्या २ लाख ३७ हजार १ सय ७२ रहेको छ । सबै भन्दा धेरै परीक्षार्थी काठमाडौंमा ६४ हजार ५ सय ६४ र सबै भन्दा कम मुस्ताङ्मा ९३ जना छन् । काठमाडौंमा १ सय ११ र मनाङ् र मुस्ताङ्मा १– १ केन्द्र निर्धारण गरिएको छ ।

परीक्षालाई मर्यादित र ब्यवस्थित गर्न बोर्डले प्रभावकारी अनुगमन अपनाउने दावि गरिएको छ । परक्षिामा अमर्यादित काम गर्नेलई ६ महिना जेल र १ लाख रुपैंया सम्मको जरिवानाको ब्यवस्था निरन्तर गरिएको छ ।

प्रतिक्रिया