काठमाडौं २९ जेठ / विगत लामो समयदेखि सोलुखुम्बुमा शिक्षक तालिम सञ्चालन गर्दै आएको ग्रामीण शिक्षा तथा वातावरण विकास(रीड) नेपालले माध्यमिक तहका शिक्षकलाई विषयगत रुपमा तालिम प्रदान गरेपछि शिक्षक उत्साहित भएका छन् ।
तालिममा विषयगत दक्षता बढाउने र शैक्षिक सामग्री निर्माण तथा प्रयोग गर्ने सीप पाएपछि उनीहरु उत्साहित भएका हुन् ।
पूरै जिल्लाका माध्यमिक तहमा पढाउने नेपाली, विज्ञान र सामाजिक विषयका शिक्षकलाई दसदिने तालिम पाएपछि दूधकुण्ड नगरपालिकाको गार्मा माध्यमिक विद्यालयका शिक्षक युवराज खतिवडाले तालिम धेरै प्रभावकारी भएको बताए । ‘तालिमले परम्परागत शैलीको शिक्षणमा परिवर्तन गरी शैक्षिक सामग्रीद्वारा बालमैत्री शिक्षण गर्न नयाँ सीप थपिएको छ । ’उनले भने ।
त्यस्तै, विगत लामो समयदेखि शिक्षण पेशामा कार्यरत महेन्द्रोदय माध्यमिक विद्यालयका शिक्षक राजनकुमार बस्नेतले पनि तालिमबाट धेरै नयाँ कुरा सिकेको र आफूले जानेका सीप समेत पुनर्ताजगी भएको बताए ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया