काठमाडौं २८ जेठ/ विद्यार्थीसँग अवैध असुली गरेर ठगी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुृरले शिवालय टेक्निकल कलेजका प्राचार्य सहित चार जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डिएसपी सुरेश काफ्लेका अनुसार विद्यार्थीको उजुरीका आधारमा कलेजका प्राचार्य जनक बडु, सञ्चालक दिपेन्द्र कठायतसहित चारजनालाई पक्राउ गरिएको हो ।
अन्य सञ्चालकहरुको खोजी कार्य भइरहेको डिएसपी काफ्लेको भनाइ छ । कलेजले गत साउनदेखि भर्ना भएका विद्यार्थीलाई वैधानिक ढंगले प्रक्रियागत अध्ययन अध्यापन नगराएको र विद्यार्थीलाई सर्टिफिकेट नदिएपछि आएको उजुरीको आधारमा कारबाही प्रक्रिया अघि बढाएको प्रहरीको भनाइ छ ।
नेपालगञ्जबाट गोरखापत्रका प्रकाशित खबर ।
प्रतिक्रिया