काठमाडौं २६ जेठ/ नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम) को लेटरप्याड दुरुपयोग गरी दुबईमा नक्कली विद्यार्थी पठाउन खोजेको प्रकरणमा आरोपित व्यक्तिमाथिको छानबनि प्रक्रिया रहस्यमय बन्दै गएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखाले साढे तीन महिना बित्दासमेत प्रभावकारी अनुसन्धान नगरेको पाइएको हो । विशेष स्रोतले नागरिकलाई बताएअनुसार गृह मन्त्रालयका उच्च अधिकारी र अख्तियारका एक आयुक्तसमेत उक्त प्रकरणका दोषी आरोपितलाई जोगाउन लागेका छन् ।
प्रतिष्ठानबाट ईन्टर्नसीपका लागि भन्दै नक्कली विद्यार्थी बनेर दुबई जान लागेका ८ युवालाई गत फागुन ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्काएको थियो । दुबईमा६ महिनाका लागि इन्टर्नसिप पठाएको किर्ते कागज बनाई पठाएका १२ जनामध्ये ४जना दुबई गइसकेको र प्रतिष्ठानको सिफारिश पत्र शंकास्पद लागेर ८ जनालाई बिमानका क्याप्टेनले फर्काएपछि प्रतिष्ठानमा सोधपुछ गर्दा उनीहरु नक्कली विद्यार्थी भएको रहस्य खुलेको थियो ।
नागरिकमा प्रकाशित खबर ।
प्रतिक्रिया