Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

१४६ विद्यालयमाथि कारबाही

शुक्रबार, २६ जेठ २०७४

काठमाडौं २६ जेठ/गैरकानूनी रुपमा सञ्चालित सिराहाका एक सय ४६ संस्थागत विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले कारबाहीका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ ।
कार्यालयको अनुगमनका क्रममा ३८ विद्यालष्य बिनादर्ता सञ्चालन भइरहेको, एकसय आठ विद्यालयमा तल्लो कक्षाको अनुमति लिँदै माथिल्लो कक्षा सञ्चालन भइरहेको फेला परेपछि कारबाही प्रक्रिया सुरु गरेको हो ।
अनुगमनका क्रममा ३३ विद्यालयमा कक्षा ९ र १०, ५१ विद्यालयमा कक्षा ६, ७ र ८, २४ विद्यालयमा कक्षा ५ सम्म अनुमति विनै सञ्चालन गरेको पाइएको जिल्ला शिक्षा अधिकारी अरबिन्दलाल कर्णले बताए ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।

 

प्रतिक्रिया