Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

संरचना परिवर्तनले पनि भएन सिकाइ

बुधबार, २४ जेठ २०७४

काठमाडौं २४ जेठ / सरकारले शैक्षिक परिवर्तन गर्ने निहुँमा पटकपटक विद्यालय संरचनामा परिवर्तन गर्दै आए पनि त्यसअनुसार शैक्षिक गुणस्तर कायम गर्न सकेको छैन ।
२०२८ साल यता चार पटक विद्यालय संरचनामा परिवर्तन भएको छ । तर, त्यसअनुसार विद्यार्थीको सिकाइ उपलब्धिमा सोचेअनुसार सुधार नभएको सरोकारवालाले औंल्याएका छन् ।

पछिल्लोपटक २०७४ देखि कार्यान्वयन हुने गरी शिक्षा ऐन २०२८ को आठौं संसोधनबाट दुई तहको विद्यालय संरचना बनाइयो । प्रारम्भिक बाल विकासदेखि कक्षा ८ सम्म आधारभूत र कक्षा ९ देखि १२ सम्म माध्यमिक शिक्षा हुने व्यवस्था भयो । यो व्यवस्थाले विद्यालय शिक्षामा थप अन्योल उत्पन्न गराएको शिक्षाविद् एवं सरकारी विद्यालयका प्रधानाध्यापकहरुले गुनासो गरेका छन् ।
नागरिकमा प्रकाशित खबर ।

 

प्रतिक्रिया