Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

त्रिविको नयाँ भवन

मंगलबार, २३ जेठ २०७४

काठमाडौं २३ जेठ / भूकम्पपछि निर्माण गरिएको त्रिभुवन विश्वविद्यालयको पहिलो भवन सोमबार अनावरण गरिएको छ । त्रिवि उपकुलपति तीर्थराज खनियाले राजधानीको बल्खुस्थित त्रिवि परिसरमा निर्मित चारतले भवन अनावरण गरेका हुन् । ६ हजार स्क्वायर फुटको नवनिर्मित भवन १ रोपनी १ पैसा क्षेत्रफलमा बनाइएको छ ।

यो भवन १० करोड २२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो । यसमा त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिकशास्त्र संकाय र शिक्षाशास्त्र संकायको परीक्षा भवनका रूपमा उपयोग गरिनेछ । 

२०७२ वैशाख १२ गतेको भूकम्पले त्रिविका थुप्रै संरचनामा असर गरेको छ । त्यसयता निर्माण सम्पन्न भएको यो नै पहिलो भवन हो । रेक्टर कार्यालयको भवन पनि चाँडै बनिसक्ने कार्यक्रममा बताइएको थियो ।
कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया