Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

रौतहटमा पाठ्यपुस्तक अभाव

आइतबार, २१ जेठ २०७४

काठमाडौं २१ जेठ/शैक्षिक सत्र सुरु भएको दुई महिना बित्न लाग्दा पनि रौतहटको विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेका छैनन् । जिल्लाका अधिकांश विद्यालयमा विभिन्न विषयको पाठ्यपुस्तकको अभाव देखिएको हो । चैतको सुरुमै परीक्षा हुने चलन रहेकोमा विद्यार्थीले पाठ्यपुस्तकको अभावमा कक्षा दशको एसईई परीक्षाको तयारी गरिरहेका छन् ।
गौरको जुद्ध माविका प्रअ वैदनाथप्रसाद साहले कक्षा दशमा अध्ययनरत विद्यार्थीका नेपाली, गणित र सामाजिक विषयका पाठ्यपुस्तक अभाव भएको बताए । अँग्रेजी माध्यमका पाठ्यपुस्तक उपलब्ध भए पनि नेपाली माध्यमका पुस्तक भने विद्यार्थीले पाउन नसकेको साहले बताए ।
नागरिकमा प्रकाशित खबर ।

 

प्रतिक्रिया