Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

शिक्षा नियमावली पारित

शुक्रबार, १९ जेठ २०७४

काठमाडौं– लामो समयदेखि प्रतिक्षारत शिक्षा नियमावली आज पारित भएको छ । शिक्षामन्त्री धनीराम पौडेलले आज बसेको मन्त्रीपरिषद् बैठकले नियमावली पारित गरेको जानकारी दिए ।
‘आजको बैठकले शिक्षा नियमावली पारित भएको छ ।’ मन्त्री पौडेलले भने । लामो समयसम्म पारित हुन नसकेको सो नियमावली पारित भएकोमा आफू खुसी भएको प्रतिक्रिया दिँदै उनले अब शिक्षामा देखिएका विभिन्न उल्झनलाई सुल्भाmउन सहयोग हुने पनि बताए ।
स्थानीय निकायको पुर्नसंरचनापछि शिक्षा नियमावली आउने हो वा होइनको अन्योलका बीच आज बसेको मन्त्री परिषद्को बैठकले अन्तत : नियमावली पास गरेको मन्त्री पौडेलेको भनाइ छ । नियमावली विना अधूरो भएर बसेको शिक्षा ऐनको आठौं संशोधनलाई नियमावली पास भएपछि पूर्णता पाएको छ । नियमावलीसँगै अस्थायी शिक्षकका स्थायी समस्या समाधान अन्यौल हट्ने, विद्यालय व्यवस्थापनमा स्थानीय तहको सहभागिता, प्रधानाध्यापकको जिम्मेवारी, व्यवस्थापन समितिलाई दिइएको अधिकार कार्यान्वयन हुने भएका छ । 

 

प्रतिक्रिया