काठमाडौं १७ जेठ/ जिल्ला शिक्षा कार्यालय उदयपुरले सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकहरुको विवरण संकलन गरेको छ । शिक्षा ऐनको आठौं संसोधनपश्चिात् आधारभूत र माध्यमिक गरी विद्यालयलाई दुई तहमा परिभाषित गरे पनि शिक्षा विभागको निर्देश अनुसार प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी तीन तहका अस्थायी शिक्षकहरुको विवरण संकलन गरिएको जिशिका उदयपुरका विद्यालय निरीक्षक हरिबहादुर श्रेष्ठले बताए ।
उनका अनुसार सरकारले दरबन्दीमा रहेर लामो समयदेखि शिक्षण सेवा गर्दै आएका अस्थायी शिक्षकहरुलाई सरकारले तोकेअनुसारको सेवा सुविधा लिएर अवकास लिने कि शिक्षक सेवा आयोगबाट गरिने स्थायी शिक्षक छनोटको विज्ञापनमा सहभागी हुने भन्ने विषयमा स्पष्ट हुने भन्ने विषयमा स्पष्ट हुने गरी तयार पारिएको फारम स्वयम् शिक्षकहरुबाट नै भराएर यो विवरण तयार गरिएको हो ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया