भक्तपुर - परीक्षा भएको नौ महिना पछि बल्ल शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका शिक्षकहरुको अन्र्तवार्ताको * नतिजा प्रकाशन शुरु गरेको छ । पहिलो दिन सोमबार पाँचै विकास क्षेत्रको गणित विषयको नतिजा सार्वजनिक गरेको छ ।
नतिजा अनुसार पूर्वाञ्चलमा ३३, मध्यमाञ्चलमा ४१, पश्चिमाञ्चलमा ४८, मध्यपश्चिमाञ्चलमा १७, सुदुर पश्चिमाञ्चलमा ३ जनाको नाम सिफारिस गरेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।
नतिजा हेर्नुहोस् : http://tsc.gov.np/site/tsc
स्थानीय तहको निर्वाचनका कारण पनि नतिजा प्रकाशनमा ढिलाई भएको आयोगको तर्क छ ।
निम्न माध्यमिक विद्यालयको स्थायी शिक्षक पदका लागि गत भदौ ११ गते भएको लिखित परीक्षामा देशभरबाट १ लाख १६ हजार ३ सय ४० जनाको सहभागिता रहको छ थियो ।
कूल ११ सय १७ रिक्त पदका लागि विज्ञापन भएको हो । अब क्रमैसँग अन्य विषयको नतिजा सार्वजनिक गर्दै आने आयोगले जनाएको छ ।
* सच्याईएको - सं.
प्रतिक्रिया