काठमाडौं १६ जेठ/ सुनसरीको सदरमुकाम इनरुवा ९ बबियामा रहेको सरस्वती मावि चार दिनदेखि तालाबन्दी जारी छ । विद्यालयका पूर्वप्रअ रमेन्द्रमुनि कोइरालाले आर्थिक हिनामिना गरेको र अयोग्य रहेको आरोप लगाउँदै केही विद्यार्थीले तालाबन्दी गरेका छन् ।
विद्यार्थीले अहिलेको वर्तमान प्रअ अनिरुद्रप्रसाद मेहतालाई नियमित काम सम्पादन नगरेको आरोप लगाउँदै दुबैथरीको विद्यार्थीले तालाबन्दी गरेको स्रोतको भनाइ छ ।
विद्यालयका पूर्व प्रअ कोइरालाले शिक्षककको सञ्चय कोष नबुझाएको र वर्तमान प्रअ मेहताले कोइरालाको सोही निहुँमा तलब रोकेपछि विवाद भएर दुबै पक्षका विद्यार्थीले तालाबन्दी गरेको अभिभावकले बताएका छन् ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया