Edukhabar
आइतबार, ०९ मंसिर २०८१
विचार / विमर्श

शिक्षाका सवाल उठाउन नसकेको नारी दिवस

विहीबार, २८ फागुन २०७१

- देवीराम आचार्य / महिलाका मुद्धा महिलासँग मात्र सम्बन्धित होईन भन्ने भएछ क्यारे अचेल पुरुषका लागि पनि सार्वजनिक विदा हुन थालेको छ । गएको आईतबार परेको १०५ औं अन्र्तराष्ट्रिय नारी दिवसका दिन नेपालमा पनि सार्वजनिक विदा दिईयो । 

महिला हिंसा, घरेलु हिंसा, बलात्कार, महिला आन्दोलन, मुक्ति, समानता, समता, लैङ्गिकता, यौनिकता जस्ता विषयहरू महिलासँग बढि सम्बन्धित छन् क्यारे । तर हरेक वर्ष मनाइने नारी दिवसले खासगरी महिला मजदुर र श्रमका कुरा बढि गरेको पाइन्छ, सायद यसको पृष्ठभूमि नै त्यसबाट सुरु भएका हुनाले हुन सक्छ ।

महिला र पुरुषका भिन्नता तथा समानता के के हुन भन्ने विषयमा ठूला ठूला बहस भएका छन् । नागरिकताका प्राप्तिको सवालदेखि पैतृक सम्पति र विवाह पश्चातका सम्बन्ध विच्छेद सम्मका विषय पनि बहसमै समाविष्ट छन् । विज्ञानका दृष्टिले जैविक रूपमा शारीरिक बनावट ९प्रजनन प्रणाली र ग्रन्थि० बाहेक अन्य कुनै पनि दृष्टिले महिला र पुरुषका बीचमा भिन्नता हुँदैन भनिएतापनि सामाजिक मूल्य मान्यता, धर्म, संस्कार, चालचलन लगायत सामाजिक संरचनाले दिएको फरक फरक भूमिकाले महिला र पुरुषका फरक फरक भूमिका निर्धारण गरिदिँदा संसारकै धेरै जसो समाजमा महिला र पुरुष बीच थुप्रै असमान व्यवहार मात्र होइन राज्यका कानुन समेत बिभेदकारी बनेका छन् ।

पृथ्वी र प्राणीको उत्पति कसरी भयो भन्ने सन्दर्भमा फरक फरक विचार र सिद्धान्त रहेका छन् । सिद्धान्त जे जे भए पनि पृथ्वीमा मानिस लगायत हजारौं प्राणी अस्तित्वमा छन् । केही उभयलिङगी जीवजन्तु बाहेक संसारमा आधारभूत रूपमा भाले र पोथी जाति विद्यमान छन् । प्रजनन प्रणालीको संरचना अनुसार सन्तान उत्पादनका लागि भाले जातिले पोथी जातिलार्इ वीर्य प्रदान गर्छन् भने पोथी जातिले भालेबाट प्राप्त गरेको वीर्य मार्फत बच्चा प्राप्ति (जैविक प्रणाली मार्फत हुने), बच्चा उत्पादन, बच्चा हुर्काउने (केही पद्धति फरक भए पनि सबै पोथी जातिले गर्ने) काम गर्छन् । यसरी हेर्दा प्राकृतिक रूपमै बच्चा उत्पादन, हुर्काउने बढाउने, दूध चुसाउने लगायतका काम पोथीजातिलार्इ मात्र दिएर उत्पतिको समयदेखि नै यो फरक फरक भूमिकाले सामाजिक संरचनामा समेत यसका प्रभाव देखिएका हुन सक्छन् ।

अर्को सन्दर्भबाट हेर्ने हो भने यौनिक रूपमा भाले जाति सधैँ यौन कार्यका लागि तयार रहने र तुरुन्तै उत्तेजनामा आउने हुन्छ भने पोथी जाति कुनै निश्चित समयमा मात्र यौन कार्यका लागि तयार हुन्छन् । मानिसको सन्दर्भमा यो अझ फरक खालको हुने गर्छ । मानिसमा मात्र होइन, भाले जातिले पोथी जातिलार्इ यौनको मामिलामा हरेक प्राणीहरूमा जब्बरजस्त गर्न खोजेको देखिन्छ । जब मानिसमा चेतना विलीन भएर संवेगहरू नियन्त्रण गर्न नसक्ने पशुत्व विकास हुन्छ त्यति बेला स्वाभाविक रूपमा मानिस पशु बन्छ र पुरुष मार्फत महिला यौन हिंसा हुन पुग्छ । मानिसले आफ्नो चेतना र मानवीयता गुमाएपछि उ पशु समानको अवस्थामा पुग्छ र यस्ता कुकर्म प्रति लालायित हुन्छ ।  
   
पुरुषको तुलनामा महिला शारीरिक, मानसिक वा संवेगात्मक रूपमा कुन कुन पक्षमा कमजोर हुन्छन् वा हुँदैनन् भन्ने फरक अध्ययन र बहस हुन सक्छ । तर यो आलेखमा महिलाहरू प्राकृतिक रूपमै कसरी कमजोर भएको मान्यता स्थापित छ र प्रकृतिका अन्य जीव जन्तुले महिलाहरूसँग कसरी फरक व्यवहारगर्छन् भन्ने रहेको छ । र सन्दर्भ के पनि हो भने के त्यस्तो व्यवहार साँच्चिकै महिला भएकै कारणले भएका हुन त रु भन्ने प्रश्नको उत्तरको खोजी गर्ने केही सन्दर्भ जोड्न चाहेको मात्र हो ।

म सानै छदा नियमित नभइ कहिलेकाहीँ गाउँको नजिकमा बाँदर आउथे । तर आमाहरूले भने अनुसार महिलाहरूसँग बाँदर भाग्दैनथे र बरु सानै भए पनि बाँदर भगाउनका लागि पुरुष चाहिन्थ्यो । भयो पनि एक दिन त्यस्तै । २ महिला (एकजना दिदी र एकजना भाउजू) ले धपाउँदा भाग्न नमान्ने बाँदर एकजना दाइ गएपछि भागेको आफैले देखेपछि मलाइ यो पत्याउन कर लागेको थियो । वर्षमा १,२ पटक अर्थात्कहिलेकाहीँ मात्र रातको समयमा गाउँमा बाघ कराएको सुन्न पाइन्थ्यो तर जब बाघ कराउथ्यो तब बा र दाइहरूले भन्दा आमाले पहिले थाहा पाउनु हुन्थ्यो अनि बा र दाइहरूलार्इ उठाएर चिच्चाउन (हैंट, हौंट हा .. है) पठाउनु हुन्थ्यो । हामीले सुने अनुसार महिलाहरूको आवाज सुनेर बाघ भाग्दैन रे । हान्ने गोरुकै कुरा हुन वा रातिको समयका कुरा सामाजिक मूल्य मान्यताले मात्र होइन प्राकृतिक संरचना नै महिला कमजोर हुने गरी विकसित भएको छ ।

प्रकृति नै यसरी निर्माण भएको छ कि यहाँ हरेक भाले जातिहरू पोथी जाती भन्दा शारीरिक रूपमा बलिया छन्, संवेगात्मक रूपमा बलिया छन् र सामाजिक रूपमा सुरक्षित छन् । हामी सानो छदा गाइ बाख्रा चराउन जंगल जाँदा बहर गोरु र बोकालार्इ हेर्ने चिन्ता हुन्थ्यो । यदि बाख्राको समूहमा बोका छैन र गार्इको समूहमा बहर गोरु छैन भने त्यो काम तुलनात्मक रूपमा सजिलो हुन जान्थ्यो । मलाइ अझ सम्झना छ, बहर गोरूलार्इ मात्र गोठमै बाँधेर अरू पशु बस्तु चराउन लिएर गएको । कुखुराहरूको बथानमा हेर्यो भने भालेहरू मात्र लडिरहेका हुन्छन् । गाइको तुलनामा गोरुहरू नै जुध्नका लागि तयार छन् । साम्प्रदायिक वा धार्मिक युद्धहरूमा पुरुषकै सहभागीता बढि छ ।

सामाजिक अपराधहरूमा पुरुषहरूकै संलग्नता बढि छ । यसरी हेर्दा कहिलेकाहीँ लाग्छ यो सृष्टिमै पुरुष जाति वितण्डाका लागि मात्रसिर्जीत भएको त हैन ।नारी दिवसकै बिहान मात्र काम विशेषले पुगेको एक ठाउँमा कुखुराकोभालेलाइ नियन्त्रण गर्नका लागि उसको घाँटीमा प्लास्टिकको बट्टा बाँधिएको रहेछ, यसै सन्दर्भमा मैले भने यो पुरुष जाति सबै प्राणीमा सधैँ अनुशासन नहुने प्राणी रहेछ । मेरो सहकर्मी महिला साथीले तुरुन्त भन्नुभएको थियो,males are always males.. they always seem stupid. यो प्रसङ्ग पनि सान्दर्भिक नै लाग्यो ।

प्रकृतिमा पुरुषहरु अनुशासनहीन भइरहँदा सम्म महिलाहरू विभिन्न हिंसाको शिकार हुनै पर्ने हो त । एक गम्भीर विषय हुन सक्छ यो । पुरुष जति चेतनशील होस् अथवा बुद्धिमान् होस, कानुन जति समान बनुन् महिलाहरू शारीरिक, सामाजिक र संवेगात्मक रूपले बलिया नहुँदासम्म पुरुषले हेपीरहने देखियो । एउटा तातो पानी तताउने खिस्सामा जस्तै महिलाहरूमा नगरे के गर्छौ भन्ने प्रश्न सोध्न सक्ने मानसिक सशक्तिकरणको आवश्यकता देखियो । वङ्गलादेशकी लेखक तसलिमा नसरिन लेख्छीन महिलाका लागि बनाएका सबै श्रृङ्गारका सामान पुरुषले बनाएको हो । पुरुषले महिलालाई राम्री बनाएर उपभोग गर्नका लागि श्रृङ्गारका सामान बनाउछ र महिलाहरु त्यही लगाएर मख्खपर्छन । सबैले छोडीदेउ यो लगाउन । हिल भएको जुता बनाएर महिलालाइ दौडन नसक्ने बनाएर आक्रमणका लागि सजिलो बनाएको छ पुरुषले । खुट्टामा पाउजु लगाइदिएर त्यसको आवाज मार्फत उ कता गइ र के गरी भन्ने निगरानी राख्छ पुरुषले भन्ने विचार व्यक्त गरेकी छन् । (पढ्नुहोस आइमाइको हकमा)

आरक्षित महिला सिटको कुरा गर्दा एउटा सानो घटना र तसलिमा नसरीनकै कुरा जोडन चाहन्छु । एक दिन साँझपख बल्खुमा माइक्रो कुरेको थिए । एउटा माइक्रो अगाडीको महिला आरक्षित ३ सीट खाली राखेर आइ पुग्यो । २ युवति अन्तिम सिटमा बसेका थिए । मैले यसो भित्र हेरेर सिट रहेनछ भने, सह चालकले मसँग रिसाउँदै भने यो अगाडिको सिट के त रु मैले त्यो महिलाको सिटमा बस्दिन भने । अनि तुरुन्तै नरम हुँदै भने दाइ सिट खाली छ, महिला खोज्न कहाँ जाने, बरु चढ्नुस सानेपामा पछाडी खालि हुन्छ अनि पछाडी बस्नुहोला बीचमा चढ्ने कोहीहुदैन । कुरा ठीकै लाग्यो र महिला सिटमा बसे तर कता कता अप्ठ्यारो लागिरह्यो । संयोग पनि कस्तो भने म सानेपामा पछाडिको सिटमा सरे र त्यहाँ ३ महिला चढे । माइक्रो अगाडि बढ्दै थियो एकान्तकुनामा बच्चासँग चढेकी अर्की महिलालार्इ सिट भएन । उनी सानो नानी लिएर अप्ठ्यारो गरी उभिइरहिन तर त्यो आरक्षणको सीट उनलाई काम लागेन र अन्तमा मैले सिट छाडेर एकछिन उभिए । के यस्तै हो त ?? सार्वजनिक यातायातमा महिला आरक्षण रुरुरु ??? तसलिमा नसरीनकै शब्द सापटी लिने हो भने, कुनै पनि सार्वजनिक यातायातमा कुनै पुरुषले सिट छाडी दियो भने त्यसमा बस्नु हुँदैन । तिमी जस्तै म पनि उभिएर हिँड्न सक्षम छु भन्न सक्नु पर्छ । महिला कमजोर छन् भनेर हेर्ने दृष्टिकोणले छोडेको सिटमा बस्नु अझ कमजोर देखाउनु हो । 

करिब चार वर्ष अगाडि यस्तै नारी दिवसकै सन्दर्भमा एकजना भाउजुलार्इ जिस्काएको थिए मैले । नारी दिवसको दिन नारा जुलुसमा नगएर के घर बसिरहेको भनेर । एक बाल्टी पानी भित्र लैजान नसकेर दाइलार्इबोलाउन पर्छ, जति समानता भने पनि यस्तै रहेछ,चाहिएन मलाइ त । एकजना स्नातक पढेकी महिलाले शारीरिक रूपमा भएको कमजोरीबाट अभिव्यक्त गरेको यस्तो आत्मसमर्पणले पुरुष domination हाम्रो समाजबाट अन्त्य हुन त अझ सयौं वर्ष लाग्छ भन्न सकिन्छ ।

अब प्रसङ्ग शिक्षातर्फ जोडौं, यो वर्षको प्रवेशिका परीक्षामा छात्रको तुलनामा छात्राको सङ्ख्या धेरै हुने समाचार प्रकाशित भए । यसलार्इ केही सकारात्मक रूपमा व्याख्या विश्लेषण पनि गरियो । विगतको समयमा हुने छात्राको न्यून भर्नाको सन्दर्भमा र छोरीलार्इ पढाउने चेतनामा आएको वृद्धिका सन्दर्भमा सुखद मान्नु पर्छ तर सिकाइका दृष्टिले, उत्तीर्ण हुने प्रतिशत र विशिष्ट श्रेणीमा भएको अन्तरले छात्राको भर्नाको मात्र गरिने हिसाबले शिक्षामा समानताको अवस्था छैन है भन्ने प्रतिबिम्बित हुन्छ । हेरौं तालिका । एसएलसी परीक्षा २०६९ मा छात्र र छात्राको उत्तीर्ण प्रतिशतमा १०.७६ प्रतिशतको भिन्नता रहेको थियो भने २०७० मा यो प्रतिशत बढेर ११.१६ पुगेको थियो । विशिष्ट श्रेणीमा उत्तीर्ण हुने छात्र र छात्राबीचको भिन्नता सामुदायिक विद्यालयमा ३९.८ प्रतिशत छ भने संस्थागत विद्यालयमा १९.८६ रहेको छ ।

तालिका : छात्र र छात्राबीचको उत्तीर्ण प्रतिशतको भिन्नता

 

 

सामुदायिक

संस्थागत

 

जम्मा

केटा

केटी

भिन्नता प्रतिशतमा

जम्मा

केटा

केटी

भिन्नता प्रतिशतमा

उत्तीर्ण प्रतिशत

२९.७३

३४.४१

२५.३३

.०८

८८.४३

८९.१७

८७.४४

.७३

विशिष्ट श्रेणी जना

१४१५

९८२

४३३

३९.

१६६९५

१०००५

६६९०

१९.८६

प्रथम श्रेणी

२७२४८

१६२०३

११०४५

१८.९३

५६३८९

३२१३३

२४२५६

१३.९७

दोस्रो

५६७०४

३०७०९

२५९९५

.३१

११२३८

६६८३

४५५५

१८.९४

तेस्रो

३६५४

२००६

१६४८

.

९३

५६

३७

२०.४३

स्रोत :  परीक्षा २०७१ पृष्ठ ७२

भाषण, नारा र सिद्धान्तमा भन्दा व्यवहारमा नारी स्वतन्त्रता र समानताको आवश्यकता छ । विद्यालयमा छात्रामाथि हुने हिंसा, छात्रा शौचालय, दक्ष महिला शिक्षिका शैक्षिक समानताका लागि उपयोगी हुने देखिन्छ । छात्रा शौचालयको अभावमा छात्राहरूको विद्यालय छाड्ने दर, रजस्वलाको समयमा हुने विद्यालय अनुपस्थिति, परामर्श सेवाको अभाव विद्यालयमा छात्राको सिकाइका लागि वाधक रहेका छन् । त्यसैगरी घरमा घरायसी कामधन्दामा छात्राहरूको सहभागीता बढि हुने हुनाले र छोराको तुलनामा घरमा छोरीहरूलार्इ उपलब्ध हुने अध्ययनको समय अभाव अन्य कारक तत्त्वका रूपमा रहेका छन् ।

महिला सशक्तिकरणको सशक्त माध्यम भनेको शिक्षा मात्र हो । छोरीहरूलार्इ शिक्षा प्रदान गर्ने सवालमा भर्ना दरले मात्र पुग्ने अवस्था छैन । समानता सिकाइमा, रोजगारीमा, श्रमको ज्यालामा र घरको काममा पनि आवश्यक छ । शिक्षा विभागबाट प्रकाशित पछिल्लो तथ्याङ्क अनुसार हेर्दा निजी विद्यालयको प्राथमिक तहमा अध्ययनरत कूल विद्यार्थी मध्ये १३.२ प्रतिशत छात्रा छन् भने १७.७ प्रतिशत छात्र छन् भने माध्यमिक तहमा १६.२ छात्रा र २१.७ छात्र रहेका छन् । उत्तीर्ण प्रतिशतमा मात्र होइन कक्षा दोहोर्याउने र कक्षा छाड्ने दर समेत छात्रको तुलनामा छात्राको बढी रहेको छ ।

म जान्ने भएदेखि आजसम्म देखेका सुनेका र सहभागी भएका नारी दिवसमा शिक्षाका कुरा प्राथमिकतामा परेको पाएको छैन । शिक्षाकै के कुरा २०६० सालको जिल्ला स्तरको नारी दिवस मनाउने सरकारी कार्यक्रममा कुनै पनि महिला अतिथि नभएको सन्दर्भले निकै चर्चा पाएको थियो । कुनै पनि नारी दिवसले महिलाको स्वास्थ्य, प्रजनन अधिकारका कुरा गर्न सकेका छैनन्, शिक्षाका सवाल उठाएका छैनन् । राजनीतिक दल अनुसार फरक फरक ठाउँमा भेला हुने महिलाहरू दलीय स्वार्थभन्दा माथि उठ्न सकेका छैनन् नारी दिवस मनाउने सवालमा । बलात्कार र हत्याका विषय नारी दिवसका विषय हुँदैनन् । विद्यालय पढ्न गएका बालिकामाथि हुने एसीड प्रहारका घटनाहरू नारी दिवसका विषय बन्न सकेका छैनन् ।

दिनभरि नारी स्वतन्त्रताको वकालत गर्दै हिँड्ने एउटी महिला आफ्नै घरमा छोरी र बुहारीलार्इ फरक फरक व्यवहार गर्छिन् । एक शिक्षित सहरिया नारी छोरा र छोरीका बीच फरक व्यवहार गर्छिन् । समानता र स्वतन्त्रताका कुरा घरबाट सुरु गरेर विद्यालय हुँदै समग्र समाजमा पुर्याउनु आवश्यक छ । छात्राहरूका लागि पहुँचमा होइन गुणस्तर र सिकाइमा समानता आवश्यक छ ।

माथि उल्लेख गरेका विभिन्न प्रसङ्गलार्इ आधार बनाउने हो भने स्तम्भकार सञ्जीव उप्रेतिले भने जस्तै केटाहरूले विद्यालयमा र शैक्षिक उपलब्धिमा पनि संरचनात्मक लाभांश प्राप्त गरेका छन् । विद्यालयमा अनुशासन उल्लघनका घटनाहरू ९० प्रतिशत भन्दा बढी केटाहरूबाट हुने गर्छ । विद्यालयमा खेलकुदका सामग्री हुन वा पुस्तकालय र प्रयोगशालामा छात्राहरू भन्दा छात्र अगाडि हुन्छन् शिक्षकले छात्रलार्इ नै प्रोत्साहित गर्छन् । शिक्षकहरूले कक्षामा शिक्षण गर्दा छात्राहरूको सिकाइमा भन्दा छात्रको सिकाइमा बढि चासो दिन्छन् । अभिभावकहरू छोरीको पढाइमा भन्दा छोराको पढाइसँग चिन्तित छन् । मेरो छोरीको पढाइ बिग्रियो भनेर चिन्ता गर्ने अभिभावक १० जना हुन्छन् भने ८० जना छोराको पढाइको चिन्ता गर्ने हुन्छन् । यी लगायतका धेरै कारणहरू जिम्मेवार छन् छात्राको सिकाइ सुधारका लागि । के अब हाम्रो समाज र राज्य तयार होला त नारी दिवसमा छात्रा र शिक्षाका कुरा गर्न ।

चेतनशील र प्राणीको सर्वश्रेष्ठ प्राणी भने तापनि मानिस महिलालार्इ गर्ने व्यवहारकका सम्बन्धमा अझ पनि अन्य पशु प्राणी जत्तिको पनि हुन सकेको छैन । अझ चेतनशील भएको छैन । मानिसमा अझ पनि मानवीयता विकास भएको छैन । मानिस बाहेक अरू कुनै पनि प्राणीले गर्भमै छोरा छोरी छुट्याएरभ्रुण हत्या गर्दैनन्, छोरी जन्मियो भनेर दुख मनाउ गर्दैनन् र पालन पोषणमा फरक व्यवहार गर्दैनन् । यही फरक छ प्राणीको सर्वश्रेष्ठ मान्छे र अरू प्राणीका बीच ।

 

 

प्रतिक्रिया