काठमाडौं १५ जेठ/ घरबाट आरामसँग विद्यालय जान्छन् । विद्यालयसम्म पुग्दा उनीहरु ठीकै हुन्छन् । तर जब पढ्न कक्षाकोठाभित्र पस्छन्, तब उनीहरु बेहोस भएर ढल्छन् । पढाउन छोडेर शिक्षकहरु गाउँमा धामी खोज्न दौडिन्छन् । छात्राहरु एकाएक चिच्याउने, रुने र बेहोस भएर ढल्न थालेपछि समग्र विद्यालयको पढाइ नै प्रभावित भएको छ ।
पछिल्लो समय सुर्खेतको केही सामुदायिक विद्यालयमा यस्तै समस्या बारम्बार बल्झिन थालेको छ । जिल्लाको पश्चिममा पर्ने बराहताल गाउँपालिका वडा नं. ७ नयाँ वनमा यही समस्याका कारण विद्यालयको पढाइ नै प्रभावित भएको छ ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।
प्रतिक्रिया