काठमाडौं - देशको संरचना परिवर्तन भएसँगै शिक्षाका क्षेत्रमा प्राप्त अवसर र चुनौतीका बारेमा चर्चा गर्ने गरी साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो शिक्षा' प्रशारण हुने भएको छ ।
संविधानले माध्यमिक तह सम्मको शिक्षाको अधिकार स्थानीय सरकारले सञ्चालन गर्ने ब्यवस्था गरेसंगै प्राप्त अवसरलाई सहजिकरण गर्न कार्यक्रम शुरु गरिएको कार्यक्रम उत्पादक, एडुखबर डट कमको सञ्चालक संस्था पी एण्ड पी मल्टिमिडियाले जनाएको छ ।
कार्यक्रम मूलत सार्वजनिक शिक्षा सुदृढिकरणका लागि स्थानीय स्रोत, साधन व्यवस्थापनका बारेमा केन्द्रित हुने छ । बहुसंख्यक नेपालीको पहुँचमा रहेको सार्वजनिक शिक्षाको स्तर सुधार र यसका लागि स्थानीय सरकारले गर्नु पर्ने कार्यका बारेमा कार्यक्रम मार्फत् छलफल गरिने जनाईएको छ ।
एक्सन एड नेपालको सहयोगमा निर्माण हुने उक्त कार्यक्रम हरेक मंगलबार विहान प्रदेश नम्बर ७ मा कैलाली स्थित रेडियो पश्चिम टुडे ८८.८ मेघाहर्ज धनगढी, र डोटी स्थित रेडियो डोटी ९८.५ मेघाहर्ज तथा काठमाडौं उपत्यकामा रेडियो थाहा सञ्चार ९९.६ मेघाहर्जबाट प्रशारण हुने छ । आउँदो मंगलबार अर्थात् जेठ १६ गतेबाट प्रशारण हुने उक्त कार्यक्रम कैलालीमा मंगलबार विहान साढे सात बजे तथा डोटी र काठमाडौंमा मंगलबार विहान ८ बजे पछि प्रशारण हुने एडुखबरको सञ्चालक संस्था पी एण्ड पी मल्टिमिडियाले जनाएको छ ।
उक्त कार्यक्रम www.edukhabar.com तथा एण्ड्रेईड एप Edunepal बाट समेत सुन्न सकिने छ ।
प्रतिक्रिया