काठमाडौं १४ जेठ/ कञ्चनपुरको बेदकोट नगरपालिका २ चाँदनी फाँटाको सरस्वती आधारभूत विद्यालयमा स्थायी शिक्षकको माग राख्दै अभिभावक शिक्षा कार्यालय पुगेका छन् ।
विद्यालय व्यवस्थापन समिति र अभिभावक जिल्ला शिक्षा कार्यालय कञ्चनपुरमा पुगेर स्थायी शिक्षकको माग राख्दै जिल्ला शिक्षा अधिकारी अमर प्रसाद भट्टराईलाई ज्ञापनत्रप बुझाएका छन् ।
शिक्षक अभावका कारण विद्यालयको पठनपाठन समेत प्रभावत भएको भन्दै उनीहरुले स्थायी शिक्षकको दरबन्दीका लागि पत्र बुझाएको विव्यसका अध्यक्ष जोगराम चौधरीले बताए ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया