Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

उत्कृष्ट विद्यालय पुरस्कृत

आइतबार, १४ जेठ २०७४

काठमाडौं १४ जेठ/  कपिलवस्तु जिल्लाका ४ सय २८ सामुदायिक विद्यालयमध्ये तीन विद्यालय उत्कृष्ट घोषणा भएका छन् । जिल्ला शिक्षा कार्यालयले शैक्षिक गुणस्तर र विद्यालय सुधार योजनाअनुसार कार्य गरेबापत ती विद्यालयलाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरिएको जनाएको छ ।  उत्कृष्ट घोषित विद्यालयहरूमा जनकल्याण माध्यमिक विद्यालय बरकलपुर, सरस्वती माध्यमिक विद्यालय शिवगढी र प्राथमिक विद्यालय बडहरा रहेका छन् । क्षेत्रीय शिक्षा निर्देशनालय पोखराका निर्देशक विष्णुप्रसाद अधिकारीले ती विद्यालयलाई सिल्डसहित शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

विद्यालय सुधार योजनाको अद्यावधिक र समीक्षात्मक कार्यक्रमको अवसरमा जिल्लाका ४ सय २८ सामुदायिक विद्यालयमध्ये उनीहरूलाई पुरस्कृत गरिएको शिक्षा कार्यालयले जनाएको छ । सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तरका विद्यालय क्षेत्र सुधार योजना सहयोगी हुने र सो योजना कार्यान्वयन गर्नुपर्ने क्षेत्रीय निर्देशक अधिकारीले बताए । शैक्षिक उपलब्धिका हिसाबले पश्चिमाञ्चलकै सबैभन्दा पछाडि परेको जिल्लाको शिक्षालाई सुधार गर्न सबै मिल्न र एकजुट हुन उनले आग्रह गरे ।

विद्यालयहरूले पारदर्शी रूपमा काम गर्नुपर्ने भन्दै उनले कपिलवस्तुको शैक्षिक प्रगतिका लागि सबै सरोकारवालाहरूले ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

राजधानीमा प्रकाशित खबर ।

प्रतिक्रिया