काठमाडौं १३ जेठ/ तनहुँको एक सामुदायिक विद्यालयप्रति विद्यार्थीको आर्कषण लोभलाग्दो छ । गुणस्तरीय शिक्षा र अँग्रेजी माध्यममा पढाइने भएकोले ब्यसा २ को सत्यवती माविमा यस वर्ष ३ सय विद्यार्थी भर्ना हुन आएका छन् । उनीहरु सबै निजी विद्यालयबाट आएका हुन् ।
निवेदन दिएका झन्डै २५० विद्यार्थीलाई फिर्ता गर्नुपरेको प्रअ इन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
विद्यालयले आफ्नो क्षमताभन्दा बढी भर्ना गर्न नसकेपछि विद्यार्थी फिर्ता गर्नुपरेको उनले बताए ।
निजी छोडेर सामुदायिक शीर्षकमा कान्तिपुरमा प्रकाशित खबर ,।
प्रतिक्रिया