Edukhabar
शुक्रबार, ०४ असोज २०८१
विचार / विमर्श

उच्च माध्यमिक विद्यालयको प्राथमिक शिक्षा

मंगलबार, ०३ चैत्र २०७१

पुष्पराज दुवाडी / उच्च माध्यमिक विद्यालय भन्ने बितिकै शिशु कक्षा देखि बाह्र सम्मका कक्षा सञ्चालन भएको विद्यालय लाई बुझिन्छ । सुन्ने र देख्ने बितिकै लाग्छ, उच्च माध्यामिक विद्यालय भौतिक, आर्थिक र जनशक्तीको दृष्टिकोणमा सामान्य प्राथमिक विद्यालय भन्दा राम्रो हुने गर्दछ ।

तर शैक्षिक गुणस्तरमा एउटा सामान्य प्राथमिक विद्यालय भन्दा कमजोर हुन्छ भन्दा पत्यार नलाग्न सक्ला । उच्च माध्यमिक विद्यालयमा अधिकांश शिक्षक स्नातकोत्तर गरेका हुन्छन् । तीनै माथिल्लो तहमा पढाउने शिक्षकले पढाएका प्राथमिक कक्षाका विद्यार्थीको शैक्षिक गुणस्तर धेरैजसो उच्च माध्यमिक विद्यालयमा कमजोर देख्न सकिन्छ ।

जव माथिल्लो तहमा पढाउने शिक्षकलाई पिरिएड पु¥याउन प्राथमिक कक्षाका विषय दिइन्छ । पहिलो कुरा त यस्ता कक्षामा उमाविका शिक्षक जादंै जादंनन । किनकी यस्ता कक्षामा तुलनात्मक रुपमा माथिल्लो कक्षामा भन्दा बढी सक्रिय हुनुपर्ने र बाल बालिकाको मातृभाषाको कारण शिक्षकले यस्ता कक्षामा  केबल थकाई मार्ने र औपचारिकता कायम गर्न ह्यान्डराइटिङ र चित्र बनाउन दिने गर्दछन् ।

यस्ता कार्यको फलस्वरुप विद्यार्थीले सिक्नुपर्ने कुरा सिक्न सिक्दैनन । उदार कक्षा उन्नतीका कारण तीनै विद्यार्थी माथिल्लो तहमा पुग्दा शैक्षिक स्तर कमजोर रहने गर्दछ । यस्ता किसिमका समस्या समाधान गर्न विद्यालय प्रशासनको अनुगमन र तह अनुसार शिक्षकको अध्यापन मिलाउन आवश्यक रहन्छ ।

ढोला, ७ धादिङ

प्रतिक्रिया