काठमाडौं १२ जेठ/ सरकारले आगामी आर्थिक वर्षदेखि विद्यालयलाई निकासा गर्ने बजेट सिधै स्थानीय तहमा पठाउने तयारी गरेको छ । सिधै स्थानीय तहमा रकम विनियोजन भएपछि जिल्ला शिक्षा कार्यालययको दायित्व घट्नेछ ।
आगामी वर्षमा स्थानीय तहका लागि मात्र ७० अर्ब रुपियाँ स्थानीय तहमा पठाउने तयारी भइरहेको शिक्षा मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले बताए । यो रकम शिक्षकको तलब, विद्यार्थीलाई विभिन्न शीर्षकमा दिइने छात्रवृत्ति, पाठ्यपुस्तक खरिद लगायतमा खर्च हुनेछ ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।
प्रतिक्रिया