Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

रोकिएन विद्यार्थी बेहोस हुन

विहीबार, ११ जेठ २०७४

काठमाडौं ११ जेठ/बैतडीको पाटन नगरपालिका ५ स्थित त्रिपुरेश्वर माविका छात्रा एक्कासी बेहोस हुन थालेपछि विद्यालयमा अध्ययन अध्यापनमा समस्या भएको छ ।
करिब एक महिनायता विद्यालयका कक्षा एकदेखि १० सम्मका छात्रामा काँप्ने, रुने, कराउनेजस्ता लक्षण देखिने गरेको र लगत्तै उनीहरु बेहोस हुने गरेको विद्यालयका शिक्षक डीबी बोहराले जानकारी दिए ।
छात्रा बेहोस भएपछि धामीझाँक्रीले झारफुक गरेपछि ठीक हुने गरेको स्थानीयको भनाइ छ । तर स्वास्थ्यकर्मी भने छात्रामा देखिने यस्तो समस्या मानसिक हुन सक्ने औल्याउँछन् । विभिन्न कारणले गर्दा यस्तो समस्या देखिने गरेको जिल्ला अस्पतालका डा.दिलीप जोशीले बताए ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

 

प्रतिक्रिया