काठमाडौं ११ जेठ/ पहिलो चरणको स्थानीय तह निर्वाचनमा नगरपालिका मेयर÷उपमेयर तथा गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष बन्न मैदानमा उत्रिएका १८ जना शिक्षकमध्ये ६ जनाले मात्र विजयको माला पहिरन सफल भएका छन् ।
तीनजना शिक्षिका नगर तथा गाउँपालिका उपप्रमुखमा विजयी भएका छन् भने अन्य तीनजना शिक्षक वडाध्यक्षमा विजयी भएका छन् । चुनावी मैदानमा लागेका १२ जना शिक्षक भने पराजित भएका छन् ।
कमलामाई नपाको उपमेयरका लागि शिक्षकबाट राजिनामा दिएर निर्वाचनमा होमिएकी नेपाली काँग्रेसकी सुशीला थिङलाई पछि पार्दै शिक्षक पेशा छाडेर राजनीतिमा होमिएकी एमालेकी मञ्जु देवकोटा विजयी भइन् ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।
प्रतिक्रिया