काठमाडौं १० जेठ / केही समयअघि कक्षाकोठामा प्रवेश गरेर पाठ्यपुस्तकको भरमा शिक्षण गर्ने सोलुखुम्बुको दूधकोशी गाउँपालिकाका विद्यालयमा कार्यरत शिक्षक पछिल्लो समय विषयत रुपमा उपयुक्त शैक्षिक सामग्री निर्माण र प्रयोगमा जोड दिन थालेका छन् ।
२३ वर्षदेखि लगातार शिक्षण गरिरहेका हिमालय माविका शिक्षक पेशलकुमार ढकालले भने, विगतमा परम्परागत रुपमा किताबको भरमा शिक्षण गर्दा विद्यार्थीले ढिलो बुझ्ने र चाँडे बिर्सने समस्या थियो, अहिले शैक्षिक सामग्रीको प्रयोग गर्न थालेपछि धेरै सजिलो भएको छ । ब्याख्यान विधिबाट भन्दा सामग्ी प्रया्ग गरेर प्रदर्शन तथा प्रयोगात्मक विधिबाट शिक्षण गर्दा धेरै सहज भएको उनको भनाइ छ ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया