काठमाडौं १० जेठ/सरकारले आफूसँगका सहमतिको पालना नगरेको भन्दै जेठ १० गतेबाट ११ औं सत्याग्रह थाल्ने घोषणा गरेका डा. गोविन्द केसीले सरकारलाई थप तीन दिनको समय दिएका छन् ।
आफूसँग सरकारले गरेका सहमतिको पालना गर्न, माथेमा आयोगको सुझावको भावनाअनुरूपको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट तुरुन्त पारित हुनुपर्ने र प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता गरिएको महाअभियोग फिर्ता लिइनुपर्ने उनले माग गरेका छन् ।
उनले सरकारले सम्झौतामा हस्ताक्षर गर्ने तर कार्यान्वयनका बेला सम्झौताको ठीक विपरीत हुने गरेको भन्दै पुन: सत्याग्रह गर्नुपर्ने अवस्था आउनुलाई विडम्बनापूर्ण भनेका छन् । सबै शुभेच्छुकको आग्रह, छलफल र परिस्थितिको मूल्यांकन गर्दै सरकारलाई थप समय दिने निर्णयमा पुगेको पनि उनले मंगलबार प्रेस विज्ञप्तिमार्फत बताएका छन् ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया