Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

विद्यार्थी यार्सा टिप्न गएपछि शिक्षक म्यादी प्रहरी

मंगलबार, ०९ जेठ २०७४

काठमाडौं ९ जेठ/ शैक्षिक शत्रको सुरु भएलगत्तै विद्यार्थी यार्सागुम्बा टिप्न जाँदा विद्यालय बन्द भएपछि शिक्षक म्यादी प्रहरीमा भर्ना भएका छन्।
विद्यार्थीहरु यार्सा टिप्न जाने बझाडका सुर्मा, दौलीचौर, काँडा, रिलु, दाँतोला, मेलबिसौना, धमेना सुनिकोट, सैनपसेला, दहगगर क्षेत्रका अधिकांश विद्यालय तीन (वैशाख, जेठ, असार) महिना बन्द हुने गरेका छन्। सोही मौका छोपेर शिक्षक म्यादी प्रहरीमा भर्ना भएका हुन्।
विद्यार्थी यार्सा टिप्न गएपछि बेरोजगार बनेका शिक्षाकले समय सदुपयोग गरेको बताएका छन्। केही शिक्षक गाँउलेसँगै यार्सा टिप्न गएका छन् भने केही भारत घुम्न गएका छन्। कोहीकोही दुई महिना अन्य आम्दानी हुने काम गर्दछन्। यसवर्ष विद्यालय बन्द भएको अवसरमा स्थानीय स्थानीय निर्वाचन भएकाले यार्सा टिप्ने क्षेत्रका केही शिक्षक भने म्यादी प्रहरीमा भर्ना भएका छन्।
‘विद्यालय बन्द भएको हुँदा घरमा फुर्सदीलो भएको थिएँ’, सुर्मा गाँउपालीका दौलीचौरको ईश्वरी निमावी भजनपाटाका राहत शिक्षक विजुली बोहराले भन्नुभयो, ‘म्यादी प्रहरीमा भर्ना खुलेको हुँदा दरखास्त दिएँ, छनोट पनि भएँ, अहिले डिउटीमा छु।’

बिएड पास गरेर निमावीका राहत शिक्षक बन्नु भएका बोहोरा जस्तै सुर्मा सैनपसेलाका केही शिक्षक म्यादीमा भर्ना भएका छन्। विद्यालय बन्द भएको अवसर पारी चन्द्रोदय मावि कुलाकाट्नेका शिक्षक चक्र डेउडा पनि म्यादी प्रहरी बन्नु भएको छ।
‘विद्यालय बन्द भएको बेला म्यादी प्रहरीको जागिरमा प्रवेश गरेको हुँ। स्थानीय र्निवाचनका लागि शान्ति सुरक्षा र देशको सेवा गर्ने अवर पनि हो’, चक्रले भन्नुभयो, ‘यसलाई हामीले सेवा र अवसरको रुपमा लिएका छाँै।’ 

चैत्र २५ गतेबाट नियुक्त भएका ५ सय ७७ म्यादी प्रहरीमध्ये केही निजी विद्यालयका शिक्षक छन् भने केही सरकारी विद्यालयका राहत शिक्षक छन्। केहीकेही कलेज तहमा पढ्ने युवासमेत म्यादी प्रहरीमा भर्ना भएको प्रहरी साहायक निरीक्षक राधाकृण नाथले जानकारी दिनुभयो।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया