काठमाडौं ७ जेठ /नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा समेत सात नम्बर प्रदेशमा अझै पाठ्यपुस्तकको अभाव रहेको छ । यस प्रदेशमा ६ देखि १० कक्षा सम्मा तीन लाख थान पाठ्यपुस्तक अभाव देखिएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय धनगढीका प्रमुख योगेन्द्र भट्टका अनुसार सुदूरपश्चिममा २२ लाख थान पुस्तक आवश्यक हुने गरेकोमा १९ लाख थान पुस्तक वितरण भइसकेको छ । यसअघि चैत्रभित्र पुस्तक वितरण गरिसक्ने लक्ष्य रहे पनि जना शिक्षा सामग्रीले मतपत्र छाप्ने जिम्मा पाएकाले पुस्तक छाप्न ढिलाई भएको उनको भनाइ छ ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया