Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

डेढसय शिक्षक बाहिरिँदै

विहीबार, ०४ जेठ २०७४

काठमाडौं ४ जेठ/ताप्लेजुङ जिल्लाका विभिन्न विद्यालयमा कार्यरत करिब डेढसय अस्थायी शिक्षक गोल्डेन ह्याण्डसेक लिएर सेवाबाट बाहिरिने भएका छन् ।
जिल्ला शिक्षा कार्यालय ताप्लेजुङका अनुसार १५८ जना अस्थायी शिक्षक सेवाबाट बाहिरिने भएका हुन् । सेवाबाट बाहिरिनेमा सबैबन्दा बढी प्राथमिक तहका शिक्षक रहेको शिक्षा कार्यालयले जनाएको छ । विद्यालय निरीक्षक हेम पालुङ्वाका अनुसार त्यसपछि माध्यमिक र निम्न माध्यमिक तहका शिक्षक छन् ।
उनले प्राथमिक तहका एकसय एक, माध्यमिक तहका ३० र निमावि तहका २७ शिक्षकले गोल्डेन ह्याण्डसेक लिएर सेवाबाट बाहिरिने गरी शिक्षा कार्यालयमा आवेदन दिएको बताए ।
गोरखापत्रमा प्रकाशित खबर ।

 

प्रतिक्रिया