काठमाडौं ३ जेठ/ताप्लेजुङका् सिदिङ्बा गाउँपालिका अन्तर्गत दुईवटा वडाका आधा दर्जन बढी विद्यालयमा अध्ययनरत विद्यार्थीालाई एक समाजसेवीले झोला वितरण गरेका छन् ।
सिदिङ्बा गाउँपालिका वडा नं. ५ साब्लाखुमा जन्म भई हाल बिर्तामोड झापामा बस्दै आएका समाजसेवी लक्ष्मीप्रसाद मिश्रले जन्मथलो साब्लाखु र सोही गाउँपालिका ५ लिम्बुदिनका समेत ७ वटा विद्यालयका विद्यार्थीका लागि झोला वितरण गरेका हुन् ।
साब्लाखु अन्तर्गतका सरस्वती मावि, लुङसुङ पौवा आधारभूत विद्यालय, राधिका आधारभूत विद्यालय, इन्द्रावती आधारभूत विद्यालय, गौतमवुद्ध आधारभूत विद्यालय, सिँहदेवी आधारभूत विद्यालय र लिम्बुदिनको सुनगाभा आधारभूत विद्यालयका समेत गरी कूल ५ सय ६० विद्यार्थीलाई झोला वितरण गरिएको छ ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया