Edukhabar
आइतबार, २३ भदौ २०८१
विचार / विमर्श

थेसिस लेख्ने तरिका (भाग सात)

सोमबार, २३ चैत्र २०७१

थेसिस लेख्ने तरिका थाहा नहुदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् ।  नियमित कक्षा लिएका हुदैनन्  । कसरी गर्ने भन्ने विद्यार्थीलाई जानकारी नहुदा बर्षैदेखि अधुरै हुन्छ । विद्यार्थीको समस्या बुझेर शिक्षाविद् डा. मनप्रसाद वाग्लेले फेसबुक मार्फत थेसिस लेख्ने तरिका यसरी उल्लेख गरेका छन्-

Mana Prasad Wagley

Lesson 7 (Literature Review 3 continued...)

आज हामी Literature Review गर्दा के के कुरामा बिचार पुर्याउनु पर्छ र नोट गर्दा कसरी गर्ने भन्ने बारेमा चर्चा गर्नेछौं/ 
१. सबैभन्दा पहिला thematic review का बारेमा भनौं/ तपाइंले फेला पार्नु भएका पुस्तक वा अन्य कुनै छापा वा विद्युतीय सामग्री तपाइंको अनुसन्धान संग मेल खान्छ की खाँदैन भन्ने कुरा कसरी थाहा पाउने? सबभन्दा पहिला तपाईं आफ्नो research topic भित्र के कस्ता key words छन् हेर्नुहोस; key words ले माग गरेका अन्य सहायक शब्द हरुको एउटा सुची बनाउनोस/ उदाहरणको लागि हाम्रो research topic "The level of knowledge management in teachers: a survey of Higher Education Institutions in Kathmandu" भन्ने छ भने तपाइले मुख्य रुपमा knowledge, management, and higher education teachers लाइ मुख्य खोजी को बिषय बनाउनु पर्यो/ फेरी ती शब्दहरुलाई समेट्ने सहायक शब्द पनि काम लाग्ने हुन सक्छन/ जस्तो types of knowledge, knowledge acquisition, knowledge utilization, knowledge products, knowledge economy etc. त्यसैले अब Literature को खोजी गर्दा यस्ता शब्दहरु भएका Literature काम लाग्ने हुन सक्छन भनेर बिचार गर्नु राम्रो हुनेछ/ जुन जुन Literature मा यी शब्दहरु को प्रयोग भएको भेट्टाउनु हुन्छ ती Literature तपाइका लागि उपयुक्त हुने भए/ त्यसपछि प्राप्त literature अध्ययन गर्नु होस् र नोट गर्नु होस्/ नोट गर्दा खासगरी यसमा तपाइंको topic लाई प्रष्ट पार्ने, तपाइलाइ भोली defense गर्न सघाउ पुग्ने र भोली तथ्यांक वा सुचना संकलन गरीसकेपछि त्यसमा थप गर्न सकिने कुराहरु मात्र नोट गर्नु होस्/ एउटा कुरा ख्याल गर्नुहोस की त्यसरी नोट गर्दा कुन किताब बाट, कहिले प्रकाशित भएको, कसले लेखेको, कसको प्रकाशन र कुन मितिको प्रकाशन हो त्यो पनि नोट गर्दै जानुहोला/ नत्र पछि thesis तयार भैसकेपछि फेरी त्यो बिवरण कता पुगिसकेको हुन्छ reference list तयार पार्न कठिनाइ पर्छ/ 
२. त्यस्तै दोश्रो प्रकारको Literature Review भनेको theoretical review हो/ तपाइंको अनुसन्धान संग प्रत्यक्ष सरोकार राख्ने theory पहिचान गर्नु पहिलो काम हुनेछ/ त्यपछि त्यो theory भनेको के हो, त्यसले कस्तो दृष्टिकोण राख्छ, त्यसका मुख्य मुख्य दलील हरु के हुन् र किन ती theory वा theories तपाइंको thesis संग सरोकार राख्छ भन्ने कुरा लेख्नु पर्ने हुन्छ/ 
३. तेस्रो Literature भनेको policy review हो/ यस अन्तर्गत तपाइको topic संग मेल खाने राष्ट्रिय वा अन्तर्राष्ट्रिय नियम कानूनको खोजी गर्नु र त्यसको बिवरण छोटकरीमा लेख्नु हो/ 
४. चौथो literature भनेको empirical research review हो/ तपाइंको topic संग मेल खाने खालको अनुसन्धान यस अगि धेरैले गरेका हुन सक्छन / ती अनुसन्धानको खोजी गरेर त्यो कुन पृष्ठभूमिमा, कसले, कतिजनामा, कुन बिधि अपनाएर गरेको रहेछ र त्यसको findings के रहेछ भनेर हेर्नु पर्ने हुन्छ र त्यसको संक्षेपीकरण लेख्नु पर्ने हुन्छ/ 
५. यति गर्दैमा तपाईंको काम पुरा हुँदैन/ अरुका कुरा आफ्नो thesis मा उल्लेख गर्नु मात्र literature review हैन/ त्यसमा आफ्नो तर्क, बादबिबाद र छलफल अनिवार्य हुन्छ/ त्यसैले ४ वटै review मा तपाइंको विचार, छलफल र तपाइंको अनुसन्धान संग गाँस्दै जानुभयो भने मात्र literature review राम्रो मानिन्छ/

अघिल्लो भाग हेर्न यहा क्लिक गर्नुहोस् थेसिस लेख्ने तरिका

क्रमस:.......

प्रतिक्रिया