काठमाडौं २८ बैशाख/आफूले पढेको विद्यालयमा भवन अभाव भएपछि रत्नशोभा उमाविका पूर्वविद्यार्थी खड्गसिँह गुरुङले २७ लाख रुपैंया खर्चेर भवन निर्माण गरिदिएका छन् ।
आफ्ना पिता जुमबहादुर गुरुङको स्मृतिमा उनले पक्की भवन निर्माण गरेका हुन् ।
पोखरा महानगरपालिका २८ स्थित उक्त विद्यालयको नवनिर्मित भवनका दाता खड्सिँहकी आमा चिजगौरी गुरुङले उद्घाटन गरिन् । खड्गसिँहकी श्रीमति जस्मी गुरुङले प्रअ गोपालबहादुर बुढाथोकीलाई भवनको साँचो हस्तान्रण गरिन् । १९ लाख रुपैंया आफू र आफ्नो परिवारबाट र थप साथीभाइ एवं इष्टमित्रबाट संकलन गरी खड्गसिँहले रत्नशोभा माविका लागि भवन निर्माणमा सघाएका हुन् ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।
प्रतिक्रिया