काठमाडौं २७ बैशाख/सोमबारदेखि तेस्रो पटक कैलालीका निजी शिक्षण संस्थाहरु बन्द गरिएका छन् । यसअघि पहिलोपटक विद्यार्थी संगठनहरुले वृद्धि गरिएको शुल्क घटाउनुपर्ने माग राख्दै बन्द गरे पनि दोस्रो पटक विद्यालय सञ्चालकहरुले विद्यार्थी आन्दोलनका नाममा आफूहरु माथि दूव्र्यवहार भयो भन्दै शिक्षण संस्था बन्द गरेका थिए ।
नयाँ शैक्षिक सत्र सुरु भएसँगै एकपछि अर्को पक्षले बन्द गर्दा विद्यार्थी भर्ना अभियानलगायतका कार्यक्रम हुन नसक्दा कैलालीमा शैक्षिक अस्तव्यस्त भएको हो ।
यस वर्षदेखि बढाइएको शुल्क फिर्ता लिनुपर्ने भन्दै कैलालीमा क्रियाशील संयुक्त विद्यार्थि संगठनले विद्यालयमा तालबन्दी गर्दै आन्दोलन गर्दा केही शिक्षकहरुलाई कालोमोसो लगाउनेदेखि लिएर तोडफोडसमेत गरे । त्यसपछि निजी विद्यालय संघ संगठनहरुको सहभागिताविना जिल्ला शिक्षा समितिले बढाएको शुल्क फिर्ता गर्ने निर्णय गरेको र सञ्चालकहरुमाथि दूव्र्यवहार र विद्यालयमा तोडफोड गरेको भन्दै सञ्चालकहरुले विद्यालय बन्द गरे ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया