काठमाडौं २५ बैशाख/३५ स्पर्धीलाई पछि पार्दै ‘स्कुल प्रिन्सेस नेपाल–२०१७’ को उपाधि अनुपमा श्रेष्ठले जितेकी छन् । सिद्धार्थ बनस्थली स्कुलमा १० कक्षामा अध्ययनरत अनुपमाले उपाधिसँगै नगद २५ हजार र एक वर्षका लागि पूर्ण छात्रवृत्ति पनि पाएकी छन् । अनुपमाले टर्कीमा हुन लागेको ‘इन्टर नेसनल चाइल्ड आइकन’ मा सहभागी जनाउन पाउने भएकी छन् ।
आरके इन्टरटेनमेन्ट प्रालिद्वारा राजधानीमा आयोजित चौथो संस्करणको यस प्रतियोगितामा एलआरआई स्कुलमा अध्ययनरत गरिमा श्रेष्ठले स्कुल एम्बेसडरको उपाधिसहित १५ हजार रुपैयाँ पाइन् । यस्तै युरिका स्कुलमा अध्ययनरत वर्षा बस्नेतले ‘स्कुल आइकन’को उपाधि र १० हजार जितिन् । रसना अधिकारीले पब्लिक च्वाइजको उपाधिसहित पाँच हजार रुपैयाँ पाइन् ।
प्रतियोगिताको निर्णायकमा कोरियोग्राफर मोडेल विपना थापा, गायक यम लामा, गीतकार भरत बम्जन, हिमालयन कलेजका प्रिसिन्पल रामहरि सिलवाललगायत थिए ।
राजधानीमा प्रकाशित खबर ।
प्रतिक्रिया