कुसुम ज्ञवाली चालीसको दकशमा कविता लेख्न थालेका र पचासको दशकमा चर्चामा आएका कवि हुन् । सामाजिक विषयमा कविता लेख्न मन पराउने उनको छोटा कथाहरुको संग्रह 'सहिदले बिर्सेको गाउँ' र अनलाइन कविता संग्रह 'अन्यथा' प्रकाशित छ । क्यानडाको क्यालगरी निवासी ज्ञवाली पेशाले इन्जिनियर हुन् । यसपटक प्रस्तुत छ उनको कविता 'सर्टिफिकेटकोऐठन'
कुसुम ज्ञवाली
जसरी अत्यास लाग्दो सपनाबाट जाग्दा
निर्गतिले चाप्छ च-याप्प
कक्र्याक् कुक्रुक्क पारेर हातखुट्टा
गर्धन, टाउको र छाती,
जसरी त्यतिबेला मुस्किलले फेरिन्छ श्वास
हो, यसैगरीसुरुहुन्छ
म माथिसर्टिफिकेटको ऐठन हरेकदिन
मेरो सहोदर दौतरी
जोतेर दिनभरि पाखोबारी
मुस्कुराउँछ साँझमा फर्केरघर
त्यतिनै बेला म पनि फर्कन्छु एपार्टमेन्ट
ग्यारेजमा थन्क्याएर किस्ताबन्दीको मोटरसाइकल
ममुस्काउन सकिदन उ जसरी,
प्रेमले सुमसुम्याउन सक्दिन मायालुलाई
नबोक्न सक्छु म छोरीलाई ढाडमा
म माथिछ सर्टिफिकेटको ऐँठन
विश्वविद्यालय हरेक विहान बजाउँछ
युद्दको साइरन जस्तो कक्षा सुरु हुने घण्टी
हतारिएर बङ्करमा पस्ने सिभिल जस्तै
म कक्षाकोठामा छिर्छु र बस्छु
पछिल्लो बेन्चमा टुक्रुक्क,
सैन्य कमान्डर जस्तो शिक्षकको अगाडि
हरेक दिन आत्म समर्पण गर्छु
निराशले कलेटी परेका ओठ लिएर,
पर्खिन्छु जाँचपछिको सुरु हुने केही दिनको युद्धविराम
मैले कहिलै सोध्न नपाउँदै मेरो शिक्षकलाई
मौरीका घार वा कमिताका गोला
दूध छोडेर महीखान आउने
काली भैँसीको पाडो
वा चङ्गा र विमान पण्डितको कथा
बज्छ जाँचको वैराग लाग्दो साइन र
लल्याकलुलुक् हुन्छु म
थेग्न नसकेर बज्रिदो सर्टिफिकेटको ऐँठन
देखेर मेरो दयनीय दैनिकी
रविन हुड जस्तै एक्कासी
मलाइ जगाउन आउँछ
एउटा बन्दुके बिद्रोही
उसले ठोक्छ कड्किएको शैलीमा भाषण
दूध नदिएदेखि गाइलाइ भाटाले ठोक्नुपर्छ
म भित्रको दाश अनायास मालिक बन्छ
र पडकाउँछ परररर तालि
शनै शनै जाइ लाग्छु आक्रोस बटुलेर
मेरै वयोवृद्ध प्राचार्य माथि
जसले सिकाउथ्यो हरेक दिन
नठोक्काउनु मोटरसाइकल सामुदायिक कुकुरसङ्ग,
मलाइ माफ गर प्रिय
मैले कहिलै सिक्न सकिन जीवनमा प्रेम शिक्षा !
म सित छ मात्रै मार्कसिटको ऐँठन
प्रतिक्रिया