प्रविधिले संसारलाई परिवर्तन गरिदियो । आखिर प्रतिष्पर्धा त पहिले दखि नै छँदै थियो । प्रतिष्पर्धा स्थानीयबाट विश्वव्यापी रुपमा परिणत भयो । जापानको तरकारी उत्पादक किसानले क्यनाडाली किसानसंग प्रतिष्पर्दा गर्नु पर्ने भयो । अमेरिकाका कलकारखानामा काम गर्ने कामदारले चिनमा काम गर्ने चाइनिज कामदारसंग प्रतिष्पर्धा गर्न नसक्दा अमेरिकामा बेरोजगारी बढ्यो । परिणाम डोनाल्ड ट्रम्पले त्यसैलाई चुनावी नारा बनाए र देशबाट विदेशी कामदार हटाउनु पर्ने बाध्यता भयो । हाम्रा भविष्यका नागरिक तथा विद्यालयमा पढ्दै गरेका बालबालिकाले भविष्यमा जीवन जिउनको लागि विश्वका नागरिसंग प्रतिष्पर्दा गर्नु पर्ने भयो ।
विगतमा शिक्षाको काम पढ्न, लेख्न र गणितीय सीप सिकाउनु मात्रमा सिमित थियो । जसलाई तीन वटा आर भनिन्थ्यो । एक्काइसौ शताव्दीमा आएर शिक्षाको काममा सञ्चार गर्ने, समालोचनात्मक चिन्तन गर्ने, सहकार्य गर्ने, श्रृजनागर्ने जस्ता सीपहरु थपिए । जसलाई चारवटा सी भन्न थालियो । हरेक व्यक्तिलाई जीवनचर्याको लागि एक आपसमा सहकार्य गर्न सहयोग गर्ने, समस्याहरु समाधान गर्ने, नयाँ नयाँ श्रृजना गर्ने, प्रविधि र विश्वव्यापी सचेत हुने जस्ता सीप अतिनै अवश्यक भयो । सामान्यकिसानले पनि थोरै लागतमा बढी उत्पादन गर्न के गर्न सकिन्छ भनेर गुगल खोजी गर्नु पर्ने भयो र भैरहेकोमा केही नयाँ श्रृजना थप गर्नु पर्ने भयो । विदेशीलाई समेत चिया बेच्ने चिया पसलेले बिक्री बढाउन कुन देशका वासिन्दाले कस्तो चिया खाने बानी छ ? र कसरी बनाउने भनेर युट्युभबाट सिक्नु पर्ने भयो ।
अन्य उपभोग्य सामग्रीको मूल्य दिन प्रति दिन आकासिदो छ, तर डिजिटल सामग्री र इण्टरनेट सुविधाको मूल्य घटदो छ । महाविर पुनले म्यग्दीका विद्यालयमा पढ्ने बालबालिकालाई सूचना प्रविधिको पहुँच पु¥याउन अमेरिका र युरोप बस्ने साथिहरुबाट प्रयोग गरिसकेका कम्प्यूटरका सामग्रीमगाई काठको बाकसमा जडान गरी उपयोग गरे जस्तो गर्न नपर्ने भयो । नेट सुविधाको लागि डाँडाहरुमा र रुखको टुप्पामा टावर राखी गरेको जस्ता कठिन मेहनत अब अवश्यक नपर्ने भयो । डिजिटल सामग्रीको मूल्य दिन प्रतिदिन घटदै छ । झण्डै दश बर्ष पहिला प्रयोग भएको प्यान्टिएम फोर कम्प्युटरको क्षमता भन्दा अहिले हात हातमा प्रयोग हुने स्मार्ट फोनको क्षमता झण्डै २५० गुणा बढी हुन पुग्यो । दशबर्ष पहिला एक हजार रुपयाँबाट जति इण्टरनेटको सुविधा लिन सकिन्थ्यो आज त्यही एकहजार रुपयाँबाट त्यतिबेलाको भन्दा हजार गुणा बढी सुविधा प्राप्त गर्न सकिने भयो ।
दैनिक व्यवहारमा आउने सामग्रीमा डिजिटल प्रविधि त छदै थियो । इण्टरनेटको सुविधामा बृद्धि र मूल्यमा गिरावट भएकै कारणले साना साना र दैनिक व्यवहारमा आउने सामग्रीमा समेत इण्टरनेटको प्रयोग हुनथाल्यो । हिमाल आरोहण गदै गरेको आरोहीको जुत्ता वा जाकेटमा जडान गरिएको इण्टरनेट सहितको सानो डिजिटल उपकरणको मध्यमबाट अमेरिकाको अपस्पतालमा काम गर्दै गरेको चिकित्सकले उचाइमा जान स्वास्थ्यले साथ दिन्छ दिँदैन वा के खाने र शरीरलाई कसरी तन्दुरुस्त राख्ने भन्ने सल्लाह दिन सहज र व्यवहारिक भयो । घरबाट टाढा रहेको अफिसमा काम गर्दै गरेको व्यक्तिले आप्mनो स्मार्ट फोनको माध्यमबाट घरको ढोकामा लगाएको ताला खोलिदिने र लगाउने, भान्सामा पाक्दै गरेको तरकारीमा नुनको मात्रा हेरी पानीको मात्र घटाउने र बढाउने गर्न सम्भब भयो ।
अहिलेका बालबालकिा डिजिटल मैत्री भए । घरमा रंगिन टेलिभिजन, बाबु आमाको हातमा स्मार्ट फोन, हरेक तिर डिजिटल उपकरणहरु । शिक्षित बाबु आमाले स्मार्ट फोन चलाउन नजानेमा बालबालिकालाई सोध्नु पर्ने भयो । झण्डै सन २००० भन्दा पहिला जन्मेका व्यक्तिलाई डिजिटल सामग्री नेपाली भाषीलाई अंग्रजी भाषा सिके जस्तो हो भने त्यस पछिका बालबालिकालाई डिजिटल सामग्री आप्mनै मातृभाषा जस्तो हो । अहिलेका बिद्यालयका विद्यार्थी डिजिटल नेटिभ हुन् ।
अहिले विद्यालयहरुलाई कसरी सवै बालबालिकालाई वर्डक्लास शिक्षादिने र आफुलाई स्मार्ट विद्यालयको रुपमा स्थापित गर्ने भन्ने चुनौति थपियो । शिक्षकलाई विषयवस्तुको ज्ञान, शिक्षण कलाको ज्ञान मात्र भएर पुगेन प्रविधिको ज्ञान पनि चाहिने भयो । जुन शिक्षकले यी तीनवटै ज्ञानलाई मन्थन गरी शिक्षण गर्दछ त्यति सफल हुने भयो ।
शिक्षा दिनु भनेको सिकारु तथा बालबालिकालाई भविष्यमा आइपर्ने समस्या समाधानमा सहयोग पु¥याउनु हो । शिक्षाले विश्व परिवेश, राष्ट्र, समाजले आर्जन गरेको ज्ञानलाई व्यक्तिलाई हस्तान्तरण गरी व्यवहारमा प्रयोग गर्न सक्ने गरी सक्षम बनाउनु पर्दछ । जापान, सिङ्गापुर, दक्षिण कोरिया, मलेसिया जस्ता विकासमा फड्को मार्न सफल देशहरुको विकासको एउटै रहस्य सूचना प्रविधिलाई भित्राउनु र प्रविधिलाई प्रयोग गर्न सक्ने जनशक्ति तयार गर्नु हो ।
सूचना प्रविधिले सिकारुलाई स्वायत्त र स्वावलम्बी बनाउछ । यसल ेसिकारुलाई छनौटको मौका दिन्छ । सिकाइलाई रोचक बनाउछ । सिकारुको क्षितिज फराकिलो पार्न सहयोग पु¥याउछ । प्रविधिल सिकाइमा आनन्द दिन्छ र बढी सिक्न सहयोग गर्छ भने किन शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधि प्रयोग नगर्ने ?
हाम्रो अवस्था हेर्ने हो भने निकै नाजुक छ । शिक्षामा सूचना तथा संचार प्रविधि भित्राउन र हरेक बालबालिकाको पहुँचमा पु¥याउन ढिला भैसकेको छ । डिजिटल रुपमा सक्षम बनाएनाँै भने हाम्रा बालबालिका भोलिको समाजमा जिउन र दैनिक व्यवहार सञ्चालन गर्न समर्थ हुने छैनन् र शिक्षा दिन जिम्मा लिएका शिक्षक र शिक्षा प्रशासकहरुलाई धिक्कार्ने छन् र जीवनमा असफल भएको महसुस गर्ने छन् । हाम्रोे देशका अधिकांस शिक्षकहरु अझै पनि डिजिटल रुपमा निरक्षर रहेका छन् । सवै शिक्षकहरुलाई शिक्षण सिकाइमा सूचना तथा संचार प्रविधि प्रयोग गर्न सक्ने बनाउन र विद्यार्थीलाई पहुँचमा पु¥याउन धेरै काम गर्नु पर्ने अवश्यकता छ ।
शिक्षा मन्त्रालयले बनाएको सूचना तथा सञ्चार प्रविधि माष्टर प्लान कागजमा मात्र सिमित छ । अभियानकै रुपमा अगाडि बढाउनु पर्ने यस कार्यको लागि शिक्षा मन्त्रालयमा एक जना उपसचिवलाई जिम्मा दिएको छ । त्यस शाखामा न अन्य जनशक्ति छ न त आर्थिक स्रोतको व्यवस्था नै गरिएको छ । शिक्षक र शिक्षाका जनशक्तिलाई तालिम दिने सस्था शैक्षिक जनशक्ति विकास केन्द्रको तालिमहलमा रहेको स्मार्ट बोर्ड ह्वाइट बोर्डको रुपमा प्रयोग भएको छ । तालिम लिन आउने सिकारुले सिक्न चाहना राख्दा पनि त्यो स्माट बोर्ड सञ्चालन गर्न सक्ने सामथ्र्यता केन्द्र संग छैन । त्यसको प्रयोग गर्ने सीप विद्यालयसम्म पु¥याउनु त धरै टाढाका कुरा भयो । धेरै विद्यालयमाहरु दिइएका स्मार्टबोर्ड र कम्प्यूटर सेटहरु पनि प्रयोगको सीपको अभावमा थन्किएर पुराना र काम नलाग्ने हुँदैछन् । विद्यार्थीले छुन र प्रयोग गर्न पाउने त कुरै भएन । तामाका र सिलौटका सामग्री भए पत्रुको मोलमा जाने थिए तर प्रविधिका सामग्रीहरु दुईचार बर्ष पछि फाल्ले स्थानको समस्या हुनेछ ।
इमान्दार रुपमा लाग्ने हो र बालबालिकालाई सूचना तथा संचार प्रविधिको पहुँच पु¥याउनु पर्ने विषयको गाम्भिर्यता बोध हुने हो भने उपायहरु धेरै छन् । साधन स्रोतको अभावको समस्या हुँदै होइन । यस लेखकसंग पनि प्रयास गरेपछि परिवर्तन सम्भव हुँदोरहेछ भन्ने अनुभव छ । समस्या त समस्याको बोध र दृढ इच्छा शक्तिको नै हो । कोरिया सरकारले शिक्षामा सूचना प्रविधि भित्राउन शिक्षक र कर्मचारीलाई भ्रमण र तालिममा निमन्त्रण गर्दा यस क्षेत्रमा कुनै जानकारी र चासो नभएका आफ्ना मान्छेलाई पठाए जस्तै गर्ने हो भने काम गर्ने शिक्षकहरुलाई निरासा बाहेक केही हुदैन ।
शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यापक अभियानको रुपमा लैजानु पर्दछ । केही विद्यालयहरुलाई कम्प्यूटर बाँडेर र नमूना विद्यालय भनी पहुँच भएका विद्यालयहरुलाई सिमित स्रोत साधन दिएरमात्र बालबालिकामा सूचना तथा संचार प्रविधिको पहँुच पुग्दैन । प्रथमत शिक्षकहरु र प्रधानाध्यापकहरुलाई सूचना तथा संचार प्रविधि प्रयोगको लागि मानसिक रुपमा तयार पार्नु पर्दछ । जिल्ला जिल्लामा सूचना तथा संचार प्रविधिलाई शिक्षण सिकाइमा प्रयोग गर्ने कार्यमा राम्रो गरेका शिक्षक र विद्यालयहरु प्नि छन् । त्यस्ता नमूना शिक्षक र अभ्यासहरुलाई व्यापक प्रचार प्रसार गरिनु पर्छ । राम्रो गर्ने शिक्षक र कर्मचारीलाई अझै राम्रो गर्न उत्प्रेरणा जगाउन सक्नु पर्दछ । इच्छुक तर सीपको अभावले प्रयोग गर्न नसक्नेहरुलाई तालिमको मौका दिनु पर्दछ । तालिम पनि कोटा प्राणलीमा एक जिल्लामा एक बर्षमा बीस पच्चिस जनालाई दिएर पुग्दैन । अधिकांसले तालिम लिने गरी साक्षरता अभिायन सञ्चालन गरे जस्तै अभियानका रुपमा शिक्षकहरुलाई डिजिटल साक्षर बनाउने तालिम सञ्चालन गरिनु पर्दछ ।
अनिच्छुक हुनेलाई इच्छा जगाउने प्रयत्न गरिनु पर्दछ र बाध्य पनि पारिनु पर्छ । त्यति गर्दा पनि प्रयास नगर्नेलाई कुनै न कुनै सुविधाबाट बञ्चित गरिनु पर्दछ । सरकारको साधन स्रोत कम हुन्छ त्यसैले अभियानको रुपमा स्थानीयतह देखि वैदेशिक तह सम्म सहयोगी र दाताको खोजीगरिनु पर्दछ । स्थानीय सरकारको स्रोत साधन पनि प्रयोग गरिनु पर्दछ । साधन स्रोतको खोजिमा व्यवस्थापन समितिका पदाधिकारी देखि शिक्षक र प्रधानाध्यापकसम्म लाग्ने वातावरण निर्माण गरिनु पर्दछ । यसरी अभियानको रुपमा लैजाने हो भने हाम्रा बालबालिकापनि सूचता तथा सञ्चार प्रविधिको पुहुँमा हुन्छन् र आजको विश्व परिवेश अनुसार आँफुलाई उभ्याउन सक्षम हुन्छन् ।
शर्मा जिल्ला शिक्षा कार्यालय मनाङ्का जिशिअ हुन् ।
प्रतिक्रिया