काठमाडौं २२ बैशाख/ओखलढुंगाको खिजोदेम्बा गाउँपालिकाको ९ वडामा रहेको दुई विद्यालयमा यस शैक्षिक सत्रदेखि अँग्रेजी माध्यमबाट पठनपाठन हुने भएको छ ।
बढ्दो रपमा गाउँबाठ युवाको सहर मोहको समस्यालाई ध्यानमा राख्दै स्थानीय टे«किङ व्यवसायीको पहलमा पढाइ सुरु गर्न लागिएको हो ।
साविक पात्ले गाविसको वडा नं. ४ दोराखर्कमा रहेको जनता आधारभूत विद्यँलय र ५ नं. वडाको तावरमा रहेको महादेव आधारभूत विद्यालयमा शैक्षिक सत्रको सुरुदेखि अँग्रेजी माध्यममा पढाइ सुरु हुने भएको हो ।
अब केही दिनदेखि नै अँग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने तयारी भइरहेको महादेव प्राविका निमित्त प्रअ ग्याल्जे शेर्पाले बताए ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया