काठमाडौं २२ बैशाख/कक्षामा प्रथम, द्धितीय हुँदा वा खेल प्रतियोगितामा उपाध जित्दा सम्मान पुरस्कृत हुनु सामान्य कुरा हो तर झापाको एउटा विद्यालयले विद्यार्थी आकर्षित गर्न भर्ना हुन आउने सबै विद्यार्थीलाई निः शुल्क भर्नाका साथ कापी, कलम दिनुका साथै फूलमाला, अबिर र दोसल्लासहित सम्मान गरेको छ ।
भृकुटी आधारभूत, झापा गाउँपालिका ६ शरणमतिले यस वर्ष विद्यालयमा भर्ना हुन आउने ५३ जना विद्यार्थीलाई विशेष कार्यक्रम गरी यसरी सम्मान गरेको हो ।
कक्षा १ देखि ५ सम्म अंग्रजी माध्यमबाट समेत पठनपाठन हुने यस विद्यालयमा यस वर्ष आउने नयाँ विद्यार्थीमा सुविधासम्पन्न बोर्डिङ स्कुलको पढाइ छाडेर समेत आएका छन् ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया