Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

विनारसिद रु. ५० हजारदेखि २ लाख २८ हजारसम्म

मंगलबार, १९ बैशाख २०७४

भक्तपुर– भक्तपुर सल्लाघारीस्थित राजर्षी गुरुकुलले विनारसिद कक्षा एकमा रु. ५० हजारदेखि २ लाख २८ हजारसम्म लिई भर्ना गरेको पाइएको छ । 
शिक्षा विभागको शैक्षिक गुणस्तर परीक्षण शाखाका देवीराम अर्यालको नेतृत्वमा जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझी, विद्यालय निरीक्षक बिमलप्रसाद निरौलालगायतकोे टोलीले गरेको अनुगमनका क्रममा विना रसिद भर्ना लिइएको खुलेको हो । 
‘अनुगमनको क्रममा राजर्षी गुरुकुलले विना रसिद कक्षा एकमा रु. ५० हजारदेखि २ लाख २८ हजारसम्म असुलेको पाइयो ।’ जबकि सो स्कुलले कक्षा एक मासिक शुल्क रु. दुई हजारमात्र लिने जिल्ला शिक्षा कार्यालयमा शुल्क प्रस्ताव गरेको थियो । अनुगमनको क्रममा बिद्यालयको रसिदमा मासिक शुल्क रु. नौहजार ९ सय ९०,र अन्य शिर्षक्अन्तर्गत खानामा रु. पाँच हजार पाँचसय, अतिरक्ति क्रियाकलापमा रु. पाँच हजार पाँचसय , ल्याब शुल्कमा रु. एक हजार, सूचना प्रविधिअन्तर्गत रु. एकहजार, यातायातमा रु. तीनहजार पाँचसय र स्टेशनरीमा रु. एक सय २० जनाइएको छ । 
यो वर्ष जिल्ला शिक्षा कार्यालयले निर्धारण गरेको शुल्कमा प्रावि र निमावि तहमा क्रमशः मासिक शुल्क रु. दुई हजार ६ सयदेखि रु. तीनहजार पाँचसयमात्र लिन पाउने प्रावधान छ । ‘भर्नामा बार्षिक शुल्क मासिक शुल्कको दोब्बरमात्र लिन पाउनेमा रु.दूई लाख २८ हजारसम्म लिएको देखियो ।’ अनुगमनमा सहभागी एकले बताए ।

 

प्रतिक्रिया