Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

३३ विद्यालयमा पुस्तकालय सञ्चालन हुने

मंगलबार, १९ बैशाख २०७४

काठमाडौं १९ बैशाख/जिल्लाका ३३ सामुदायिक विद्यालयका पुस्तकालय सञ्चालनमा आउने भएको छ । सो कार्यका लागि जिल्ला शिक्षा कार्यालयले ३३ माध्यमिक विद्यालयलाई प्रतिविद्यालय ६ लाख ५० हजारका दरले २ करोड १४ लाख ५० हजार निकासा गरिसकेको छ ।

‘एक विद्यालय एक पुस्तकालय’ भन्ने कार्यक्रमअन्तर्गत पुस्तकालय विस्तारका लागि विद्यालयहरूलाई पहिलोपटक रकम दिइएको हो । विद्यालयहरूलाई दुई किस्तामा रकम दिइनेछ । विद्यालयहरूलाई गत वर्षको परीक्षाको प्रगति, विद्यार्थी संख्या, विद्यालयको सक्रियतालगायतका आधारमा रकम दिएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत मानबहादुर देवकोटाले जानकारी दिए ।

गत वर्ष ई–लाइब्रेरीका लागि दुई विद्यालयलाई रकम दिएको थियो । हाल पहिलो किस्ताको रकम विनियोजन भइसकेकाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको बैठकबाट निर्णय भई काम सुरु भइसकेको अधिकृत देवकोटाले जानकारी दिए ।

राजधानीमा प्रकाशित भोजपुरको खबर ।

प्रतिक्रिया