काठमाडौं १८ बैशाख/स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न रुकुमका ६ जना शिक्षकले राजीनामा दिएका छन् । उम्मेदवार बन्न तीनजना स्थायी र तीनजना राहत कोटाका शिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जनजागृति मावि साँखका थलबहादुर ओली, दीपज्योति आधारभूत विद्यालय आठबिसकोटकी अमृता शाह र आदर्श मावि घेत्माका शिक्षक तिलकबहादुर मल्लले राजीनामा दिएका छन् । उनीहरू सबै आधारभूत तहको तृतीय श्रेणीका शिक्षक थिए । त्यस्तै जनसहयोग आधारभूत विद्यालय सिम्लीकी नौमती डा“गी, युवा जनजागरण मावि खाराकी आधारभूत तह राहत कोटाकी शिक्षिका निर्मला विष्ट र सरस्वती मावि घरेलीचौर नुवाकोटका आधारभूत तह राहत कोटाका टंकप्रसाद ओलीले पनि राजीनामा दिएका छन् ।
स्थायी शिक्षकले जिल्ला शिक्षा कार्यालय र राहत कोटाका शिक्षकले सम्बन्धित विद्यालय व्यवस्थापन समितिमा राजीनामा बुझाएका हुन् । उनीहरूको राजीनामाबारे जानकारी सम्बन्धित विद्यालयले शिक्षा कार्यालयमा बुझाउनुपर्ने प्रावधानअनुसार जिल्ला शिक्षा कार्यालयमा पनि जानकारी गराइएको छ । जिल्ला शिक्षाले सबैजनाको राजीनामा स्वीकृत गरेको छ ।
राजीनामा दिनेमध्ये अमृता शाहले एमालेको तर्फबाट आठबिसकोट नगरपालिकामा उमपेयरको टिकट पाएकी छिन् । तिलकबहादुर मल्ललाई एमालेले आठबिसकोट नगरपालिका वडा नम्बर १४ को वडाध्यक्षको टिकट दिएको छ । त्यस्तै थलबहादुर ओलीले पनि एमालेबाटै मुसीकोट नगरपालिका–७ को वडाध्यक्षको टिकट पाएका छन् भने टंकप्रसाद ओलीले एमालेबाटै चौरजहारी नगरपालिका–१३ को वडाध्यक्षको टिकट पाएका छन् ।
माओवादी केन्द्रबाट त्रिवेणी गाउँपालिकाको उपाध्यक्षको टिकट पक्का भएपछि निर्मला विष्टले पेसाबाट राजीनामा दिएकी हुन् । त्यस्तै नौमती डाँगीलाई माओवादी केन्द्रले नै सानीभेरी गाउ“पालिका–८ को वडा सदस्यको उम्मेदवार बनाएको छ । उनीहरू सबै निर्वाचनको प्रचार–प्रसारमा जुटेका छन् ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।
प्रतिक्रिया