Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

विद्यालय खुले तर किताब पुगेन

सोमबार, १८ बैशाख २०७४

काठमाडौं १८ बैशाख/शैक्षिक सत्र २०७४ सुरु भएको करिब महिना दिन पुग्न लागिसक्दा पनि जिल्लाका केही क्षेत्रमा अझैसम्मा पुस्तक पुग्न सकेको छैन् ।

शैक्षिक सत्र सुरु भएर विद्यालय खुले पनि पुस्तक नपुग्दा रित्तो हात विद्यार्थी विद्यालय पुगेर दिनभरी खेलेर घर फर्किने गरेका छन । जिल्लाका अन्य क्षेत्रमा पुस्तक पुगे पनि पश्चिम खत्याड भेगको खत्याड गाउँपालिकामा अहिलेसम्म पुस्तक नपुग्दा अन्यौलता बढेको स्थानीयवासी दानबहादुर रावतले जानकारी दिए । विद्यालयमा पुस्तक नपुगे पछि शिक्षकहरूले विद्यालय खोलेर दिनभरी घाममा बस्ने बाहेक अरु  केही काम नभएको उनले बताए ।

जिल्लाका अन्य सबै क्षेत्रमा पुस्तक पुगेर पढाइ सुरु भइसके पनि खत्याड भेगमा पुस्तक पुग्न नसके पछि पुस्तक विक्रेता जयलक्ष्मी स्टेशनरी सेन्टर मुगुलाई ताकेता गरिरहेको जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमालले जानकारी दिए । विक्रेताले सिंजाको गोठी ज्युलाबाट गाडीमा पुस्तक खत्याड पुर्याउने भने पनि एक महिनादेखि बाटो अवरुद्ध भएको र खच्चडबाट ढुवानी गर्दा धेरै महंगो पर्ने भएकाले पुस्तक समयमा नपुगेको जवाफ दिने गरेको हमालको भनाई छ । गाडी बन्द भएको र खच्चडमा ढुवानी महंगो भने पनि कुनै विकल्प खोजेर तत्काल विक्रेतालाई पुस्तक पुर्याउन निर्देशन दिइसकेको कार्यालयको भनाई छ ।

जिल्लाका अन्य क्षेत्रका सबै विद्यालयहरूमा पुस्तक पठाए पनि खत्याडमा पठाउनु पर्ने पुस्तक गोठिज्युलामा थन्किएका छन् । एक महिनादेखि गोठिज्युला खमाले सडक खण्ड अन्र्तगत बुडु खण्डमा अडक अवरोध भइरहेकाले समयमा पुस्तक नपुगे पनि शनिवार नै ६ कक्षा देखि १० कक्षा सम्मको पुस्तक खत्याडको माथि चौरमा पुगिसकेको पुस्तक विक्रेता जयलक्ष्मी स्टेशनरीका सञ्चालक लक्ष्मी भामले बताए । एक महिनादेखि सडक अवरुद्ध भएको र खच्चडबाट ढुवानी गर्दा गाडी भन्दा प्रति केजीमा २० रुपैयाँ महंगो पर्ने भएको उनले बताए । लामो समयसम्म गाडी सञ्चालन हुने अवस्था नआए पछि घाटा खाएर महंगो ढुवानी तिरेर भए पनि पुस्तक सम्बन्धित स्थानमा पठाउन सुरु गरिसकेको भामको भनाई छ ।
नागरिकमा प्रकाशित खबर ।

प्रतिक्रिया