Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

मोर्डन इण्डियन स्कूलको बसमा आगजनी

बुधबार, ०६ साउन २०७२

काठमाडौं ६ साउन / विद्यार्थी ओसार्न हिडेँको बेलामा मोर्डन इण्डियन स्कूलको बसमा आगजनी गरिएको छ । विद्यार्थी लिन गएको बेलामा आगजनी भएकोले बसमा चालक र सहयोगी मात्रै थिए । नचिनेका दुई जना ब्यक्तिले बस रोकेर आगजनी गरे पछि उनीहरु भागेका थिए । प्रत्यक्षदर्शीले दिएको हुलियाका आधारमा आगजनी गर्नेहरुको खोजि तिब्र पारेको किर्तिपुर प्रहरीले जनाएको छ । आगजनी गर्नेहरुले लामो कपाल पालेको र कालो बर्णको  रहेको स्थानीयले जनाएका छन् । 

आगजानीका कारण बसको सिटहरु जलेर नष्ट भएका छन् भने सिसा पनि फुटेको छ । बसलाई विद्यालयम लगेर राखिएको तथा चालक र सहयोगीलाई प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । 

सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेशन (सीबीएसइ) नयाँ दिल्ली भारतबाट स्वीकृत लिई स्कूल सञ्चालन गरिएको हो । नेपालमा यस्ता १३ वटा विद्यालय छन् । यी सबैले नेपालको राष्ट्रियता र स्वाधिनतामा असर पर्ने खालका पाठ्यक्रम पढाउँदै आएको शिक्षा मन्त्रालयले गरेको अध्ययनले पत्ता लगाए पनि कुनै कारवाही हुन सकेको छैन । 

यो पनि पढ्नुहोस् बिना दर्ता सञ्चालनमा भारतीय स्कुल

आन्दोलन गर्ने शिक्षकको जागिर चट्

प्रतिक्रिया