समुदायले अंग्रेजी माध्ययममा आफ्ना बालबालिकाले सिकोस् भन्ने इच्छा राख्यो । सामुदायिक विद्यालयहरुले पनि समुदायको चाहना अनुसार अंगे्रजी माध्याममा शिक्षण सुरुवात गरे तर जेन तेन एक विषय अंग्रेजी पास गरेका शिक्षकहरुलाई अंग्रेजीमा शिक्षण गर्नु फलामको च्यूरा चपाउनु सहर भयो ।
त्यही अंग्रे्रजी विषयले हैरानी भोगेका भाषा जुन तरिकाले सिक्नु पर्ने हो त्यसरी सिक्न नपाएको भाषा । उल्था काउमाने गाई भनी घोकेका र अंग्रेजीलाई कठिन रुपमा अंगालेका शिक्षकहरुले सजिलोसंग अंग्रेजी माध्ययममा सिकाउन सक्ने कुरा पनि भएन । भाषा सिकाईका आप्mनै तौर तरिका र प्रक्रिया हुन्छन् । त्यसको विपरित अंग्रेजीलाई नेपालीमा बुभ्mने र गलत तरिकाले सिक्ने प्रयत्न गरेका शिक्षकहरुबाट अर्को कुनै जादुगरी तरिका नभए सम्म अंग्रेजी सम्भव छैन । अंग्रेजी भाषामा कमसल खालका शिक्षकहरुले पनि राम्रो तरिकाले अंगे्रजी भाषा सिकाउन सक्ने तरिका, शिक्षकले भन्दा पनि विद्यार्थीले राम्रोसंग सिक्न सक्ने प्रक्रिया, मातृभाषा अंगे्रजी भएको शिक्षक उपलब्ध नभए पनि मातृभाषीबाट प्रत्यक्ष वालवालिकालाई सिकाउन सकिने जादुगरी उपाए भनेको सुचना तथा संचार प्रविधिको प्रयोग हो ।
हाम्रा विद्यार्थी गणितमा सिकाई उपलव्धि राम्रो गर्न सकेनन् । राष्ट्रिय स्तरका बिभिन्न शैक्षिक उपलव्धि परीक्षणले गणित विषयमा अन्य विषयको तुलनामा कम अंक प्राप्त गरेको देखाए । बर्ष भरिमा शिक्षण गर्दा पनि लक्ष्य राखिएको भन्दा आधा पनि सिकाउन सकिएन र विद्यार्थीले सिक्न सकेनन् । सबै अध्ययनहरुले भने गणित शिक्षण रोचक भएन, व्यवहारिक तरिकाले सिकाउन सकिएन, तल्ला कक्षाहरुमा आधारभूत ज्ञान सीप भएन विद्यार्थीलाई हिसब भनेको पिसाब झार्ने कठिन विषय भयो । शिक्षकहरु आँफुले जसरी सिके त्यसरी नै सिकाउने हो । शिक्षकले आफुले भोगेको भन्दा धेरै फरक पार्न सक्ने कुरा पनि भएन । यो समस्या समाधानको एउटै तरिका हो गणित शिक्षणमा सूचना प्रविधिको प्रयोग ।
विज्ञान विषय शिक्षण गर्नु भनेको वालवालिकामा बैज्ञानिक चिन्तन विकास गर्नु हो । सोचाइलाई परिवर्तन गर्ने कार्य त्यति सजिलो छैन । तथ्य, वास्तविकतालाई व्यवहारिक तरिकाले महशुस गर्न सकेमात्र सोचाईमा परिवर्तन गर्न सम्भव छ । गुरुले रटाएको कुरा रटेको, गुरुले मौखिक पढाएको कारणले र कितावमा लेखिएको कारणले त्यो सत्य हो भन्ने कुरामा विद्यार्थीले विश्वास नै गर्न सकेनन् । हाम्रा धेरै विद्यालयहरुमा साधन स्रोतको अभाव छ । कतिपय विद्यालयमा साधन स्रोत भएर पनि उपयुक्त तरिकाले परिचालन गर्न नसक्दा चाहे अनुसार पुस्तकालय, प्रयोगशाला स्थापना गर्न सकिएको छैन । विज्ञान प्रयोगशालाको प्रयोग गर्न नपाएका शिक्षकहरुले आप्mनै धारणा र सोचाइमा परिवर्तन गर्न र वैज्ञानिक चिन्तन निर्माण गर्न नसकेको अवस्थामा विद्यार्थीमा वैज्ञानिक दृष्टिकोण र चिन्तन विकास गराउन सम्भव हुने कुरै भएन । यस्तो अवस्थामा शिक्षक र विद्यार्थीको वैज्ञानिक चिन्तन विकास गर्ने तरिका पनि शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग नै हो ।
अहिले सचेत अभिभावक, शिक्षक र शिक्षा क्षेत्रका व्यक्तिहरुलाई भएको चिन्ता हाम्रा वालिवालिकाले विश्व परिवेश अनुसारको शिक्षा पाएनन् कि, विकसित हुदै गरेको विश्व परिवेशमा हाम्रा कलिला बालवालिकाहरु जिउन सक्ने बन्दैनन् कि, अमेरिका, जापानमा हुर्केका बालवालिकासंग हाम्रा बालिबालिकाले प्रतिष्पर्धा गर्न सक्दैनन् कि भन्ने नै हो । यो चिन्तालाई न्युन गर्ने उपाय पनि सूचना प्रविधि नै हो ।
धेरै शिक्षकहरुले भन्ने गरेको सुनिन्छ, आजकलका बालबालिका तथा विद्यार्थी अनुशासनमा बस्दैनन् । बालबालिकाले ठान्दा रहेछन् शिक्षकहरु र आमाबाबाले आफुले जत्तिको जान्दैनन् । अनि किन आफुले भन्दा कम जानेका, वास्तबिक संसार नबुझेका व्यक्तिले बनाएको सिमामा आफु बस्ने ?
हुन पनि धेरै बालबालिकाको पहँुचमा टेलिभिजन भयो । टेलिभिजनका कुरा बाबु आमाले भन्दा बालबालिकाले धेरै बुभ्mने भए । बालबालिकालाई टेलिभिजन मन पर्छ, बाबुआमाले नहेर भने र जति भने पनि बालबालिकाले जसरी तसरी घरमा समुदायमा टेलिभिजन हेर्ने नै भए । शिक्षकले कक्षाकोठामा टेलिभिजन देखाउनु त कता छ कता, टेलिभिजनमा आएका कुराको बारेमा चर्चा समेत भएन । विद्यार्थीलाई जिज्ञासा जाग्यो टेलिभिजनमा हेरेका कुरामा तर शिक्षकले त्यो विषय उठाउँदै उठाएनन् । शिक्षकले टेलिभिजनमा यस्ता यस्ता कुरा आउँछन् यो हेर्दा राम्रो हुन्छ । हिजो आएको यो कार्यक्रमको सन्देश यो हो । यो टेलिभिजनमा आएपनि विज्ञापन वा असत्य कुरा हो । यो सत्य कुरा हो भनेर कहिलै भनेनन् ।
शहर बजारमा मात्र होइन, गाउँका बालबालिकाले पनि विदेश गएको बाबुले आमालाई पठाएको स्मार्ट फोन खेलाउन पाउने भए । ठूला विद्यार्थीका आप्mनै मोवाइलहरु भए, सानाले परिवाका आफु भन्दा ठूला सदस्यको मोवाइल लुकाइ लुकाइ चलाउन थाले मोवाइलमा संसार अट्यो । पहिलो पुस्ताको छिप्पिएको दिमागले भन्दा नयाँ पुस्ताका बालबालिकाले आप्mनै पुस्ताको विकाससंगै विकास भएको मोवाइलका डिजिटल कुरा छिटो सिके । बाबु आमाले आप्mनो मोवाइलमा नजानेको कुरा तिनै आप्mना कलिला बच्चालाई सोध्नु पर्ने भयो । त्यस्तै डिजिटल उपकरण जडान गरिएका अन्य घरयासी सामग्री पनि अभिभावकले भन्दा बालबालिकाले बढी जान्ने भए । विद्यालयमा त्यस्ता आफुजान्ने भै सकेको र उत्सुकता जागेको कुरा शिक्षकले सिकाएनन् । आफुलाई परेको समस्याको गाँठो फुकाएनन् शिक्षकहरुले । कसरी मान्नु आफु भन्दा कम जान्नेलाई गुरु । अनि किन र कसरी बस्नु आफु भन्दा कम जान्ने शिक्षक र अभिभावले वनाइदिएको अनुशासनको घेरामा ?
क्षेत्रपाटीमा रहेको कुनफेन औषधि उद्योगले सवै किसिमका विरामीहरुलाई दिएको एउटै कालो चिल्लो गोलो चक्की जस्तै माथि उल्लेखित समस्याको एउटै समाधान हो शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग ।
सूचना प्रविधिको विकासले गायन र संगीत क्षेत्रमा आप्mना मान्छेलाई मात्र अगाडि बढाउने रेडियो नेपालको स्वर परीक्षाको सेण्डिगेट हटायो । कला क्षेत्रको प्रतिभाहरुलाई अव कसैले रोक्न र सेण्डिगेट लगाउन नसक्ने भयो । विकटता र सुगमता, धनी र गरिबको दुरी पनि घटायो सूचना प्रविधिले । समाजमा भएको सामन्ति चिन्तनमा उलटपालट ल्यइदियो सूचना प्रविधिले । अन्यायमा परेकाको सुस्त आवाजलाई सबैले सुन्ने बनाइदियो सुचना प्रविधिले । बिकटमा पाठ्य पुस्तक पुगेन, नयाँनयाँ पुस्तक पाइएन, ज्ञानमा पहुँच भएन भन्न नपर्ने भयो । शिक्षकहरु पनि अव पुरानै ढर्रामा सिकाउन नछाड्ने हो भने स्थिति अव नियन्त्रण भन्दा बाहिर अझै भयावह हुन्छ । शिक्षक सवै कुरामा जान्ने विद्यार्थी भन्दा सिपालु नै हुनु पर्छ भन्ने पनि छैन । शिक्षक हुदैमा सुचना प्रविधि जानेरै आउनु पर्छ भन्ने पनि छैन ।
अंग्रेजी सिकाउन युटुबले राखेका स्तरीय सामग्री रोजी रोजी प्रयोग गर्न सकिने भयो । बिट्रिस काउन्सिलबाट सिक्न लैनचौर नै जान परेन । शिक्षकले म अंग्रजीमा कमजोर भएँ, तालिम छैन कसरी पढाउनु भनेर पिर मान्नु परेन । इण्टरनेटको प्रयोग गरी उत्पादित स्तरीय समाग्रीहरु छानी छानी प्रयोग गर्न सकिने भयो । यी यसरी बोलिन्छ अंग्रेजी, म जस्तो टुटेफुटेको होइन, यिनीहरुको भाषा यिनीहरु जस्तै बोल भनेर भन्न सकिने भयो । गणितका आधार भूत ज्ञान दिन आधिकारिक र स्तरीय सामग्री छानी छानी प्रयोगर्न सकिने भयो । अब विज्ञान प्रयोगशाला नभए पनि विश्व प्रख्यात वैज्ञानिकले गरेका प्रयोग र निचोड कक्षाकोठामा विद्यार्थीसंग नै बसेर मुसुमुसु हाँस्दै हेर्न सकिने भयो । धेरै खर्चिलो पनि भएन केवल शिक्षकको चाहना भए पुग्यो ।
शर्मा मनाङ्का जिल्ला शिक्षा अधिकारी हुन्
प्रतिक्रिया