काठमाडौं ५ बैशाख/शैक्षिक क्षेत्रका सरोकारवालाबीच नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यालय शुल्कका बारेमा जुहारी सुरु भएको छ । शैक्षिक सत्र सुरु भएसँगै निजी विद्यालयले बढाएको शुल्कको विषयलाई सरोकारवालाबीच मतभेद देखिएको हो ।
शैक्षिक सत्र सुरु भएपछि शिक्षाका विषयमा छलफल गर्न रफत् सञ्चार क्लबमा आयोजित अन्तत्र्रिmया कार्यक्रममा अभिभावक सङ्घ नेपालका अध्यक्ष केशव पुरी, प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फे र एनप्याब्सनका कर्णबहादुर शाहीबीच शुल्कका विषयमा आरोप प्रत्यारोप चलेको थियो ।
प्याब्सनका अध्यक्ष सम्बाहाम्फे तथा एनप्याब्सनका अध्यक्ष शाहीले आफ्नो सङ्गठनमा आबद्ध विद्यालयले शुल्क नबढाए पनि अभिभावकले बिनाआधार शुल्क बढाएको गलत प्रचार गरेको बताउनुभयो । हामीले तीन महिनाअघि नै अभिभावकहको भेला गरी शुल्क निर्धारण गरिसकेको विषयलाई शैक्षिक सत्रको सुरुवातमा अभिभावक सङ्घलगायत अन्य विभिन्न पक्षले एकतर्फी शुल्क वृद्धि ग¥यो भन्ने भनाइ अफवाह मात्र भएको प्याब्सन अध्यक्ष सम्बाहाम्फेले बताउनुभयो ।
एनप्याब्सनका अध्यक्ष शाहीले भने विद्यालय चलाउनका लागि अभिभावक नै मुख्य स्रोत भएको भन्दै शुल्कको विषयमा शिक्षा मन्त्रालयले थुपारेर हुन्न, शुल्कको सीमा तोक्नु हुन्न तर शुल्कको वैज्ञानिक मापदण्ड निर्धारण गरिनुपर्ने बताउनुभयो ।
अभिभावक सङ्घका पुरीले प्याब्सन र एनप्याब्सनले सर्वोच्च अदालतको परामादेशलाई समेत वास्ता नगरी मनोमानी तरिकाले शुल्क वृद्धि गर्दा अभिभावक मारमा परेको जिकिर गरे । उनले भने, “अदालतको आदेश विपरीत जिल्ला शिक्षा कार्यालयले विद्यालयको दबाब र प्रभावमा परी शुल्क वृद्धिमा सहयोगी भूमिका खेलको देखिन्छ ।”
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया