Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

राजीनामा दिएर चुनावमा

मंगलबार, २९ चैत्र २०७३

काठमाडौं २९ चैत / थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ कालिका माविका प्रधानाध्यापक मधु बोहराले विद्यालयबाट राजीनामा दिनुभएको छ ।

नगरपालिकाको उपमेयर पदमा उठ्न विद्यालयबाट राजीनामा दिनुभएका उहाँले महिलाले पनि नेतृत्व लिएर अघि बढ्न र निर्णय लिन सक्छन् भन्ने सन्देश दिन चुनावमा उत्रेको बताउनुभयो ।

नेपाली काँग्रेस पार्टीबाट टिकट पाउने आशामा ढुक्क भई चुनाव प्रचारमा खटिनुभएका उहाँले विकास अभियानको नेतृत्व लिन पार्टीसँग टिकट मागेको बताउनुभयो ।

टिकट पाएर चुनाव जिते शिक्षामा व्यवस्थापकीय सुधार, स्वास्थ्य सेवालाई भरपर्दो, यातायात र सञ्चार सेवालाई सहज बनाउन लागिपर्ने उहाँको भनाइ छ ।

पहिलो पटक चुनावमा भाग लिन लाग्नुभएका बोहराले कुनै कारणवश टिकट नपाए राजनीतिसँगै सामाजिक कार्यमा क्रियाशील रहने बताउनुभयो ।
विसं २०४५ मा निजी स्रोतको कोटामा विद्यालयमा प्रवेश गर्नुभएका बोहराले विसं २०४९ देखि नेपाल शिक्षक सङ्घमार्फत राजनीतिमा प्रवेश गर्नुभएको हो ।

यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिई तोयप्रसाद शर्मासमेत भोट माग्न लाग्नुभएको छ ।
गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया