काठमाडौं २९ चैत शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिनाअघि नै प्यूठान जिल्लामा पुस्तक वितरण थालिएकाले यो वर्ष विद्यार्थी खुसी भएका छन् ।
८५ प्रतिशत पुस्तक भित्र्याएर सम्बन्धित विद्यालयमा पुर्याइसकिएको स्रोतले बतायो । वितरणको जिम्मा पाएका व्यवसायी अर्जुनकुमार कक्षपतीले ५ कक्षासम्मका सबै पुस्तक आइसकेको बताए । कक्षा ६ देखि ८ सम्म ४ हजार, ९ र १० कक्षाको ३ हजार सेट पुस्तक ल्याएर सहायक डिपोमार्फत वितरण गरिएको छ ।
जुम्रिमा मुख्य डिपोसहित जिल्लाको भिंगृ, दरभान, मच्छी, चुजाठाँटी, बरौला, ठुलाबेसी र खलंगामा सहायक डिपो सञ्चालन गरी पुस्तक विरतण गरिएको उनले बताए । व्यवसायीहरूले सोमबार पहिरो प्रभावित क्षेत्रका विद्यालयलाई केन्द्रित गरी नौबहिनी गाउँपालिकास्थित बाहाने स्रोतकेन्द्रमा शिविरै सञ्चालन गरी पुस्तक विरतण गरे ।
शिविरबाट स्रोत केन्द्रका ३९ विद्यालयले पुस्तक लगेका छन् । करिब ११ हजार विद्यार्थीका लागि पुस्तक वितरण गरिएको पुस्तक व्यवसायी रमेश गिरीले जानकारी दिए । उनले जिल्लामा यस वर्ष पुस्तक अभाव हुन नदिन समयमै पहल थालेको बताए ।
विद्यार्थीले भर्नासँगै नयाँ पुस्तक पाउनका लागि शिक्षा कार्यालयले पुस्तक व्यवसायीसँग समन्वय गरेको जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेले जानकारी गराइन् । ‘सबै विद्यालयलाई भर्नाअघि नै पुस्तक लगेर राख्न निर्देशन दिएका छौँ,’ उनले भनिन्, ‘भर्नासँगै सबै विद्यार्थीहरूले नयाँ पुस्तक पाउनेछन् ।’
उनले विद्यालयले आकलन गरेअनुसार विद्यार्थी संख्याका आधारमा विद्यालयलाई पुस्तक खरिदका लागि प्रतिविद्यार्थी ७५ प्रतिशत रकम विद्यालयकै खातामा पठाइसकिएको बताइन् । कार्यालयका अनुसार १ करोड ४७ लाख १६ हजार रुपैयाँ बजेट पाठ्यपुस्तक खरिदका लागि जिल्लाभरका ३ सय ४९ वटा विद्यालयलाई दिइएको छ ।
विद्यार्थीलाई पुस्तकको चिन्ता
पाल्पा– वार्षिक परीक्षाको नतिजा आउन बाँकी छँदै विद्यार्थीलाई किताब नपाइने हो कि भन्ने चिन्ताले घेर्न थालेको छ ।
९ कक्षाको जाँच दिएका असीम पन्थी कक्षा १० का पुस्तक खोज्न पसल चहार्दै हिँडे तर पाउन सकेनन् । कक्षा १० का ६ विषयको पाठ्यक्रम फेरिएको थाहा पाउनासाथ जोहो गर्न निस्किएका हुन् उनी । पसलेले आएजति पुस्तक सकिएकाले केही दिनपछि फेरि आउन भन्दै फर्काइदिए । ‘पसलमै पुस्तक थोरै आएकाले होला, छैन मात्रै भन्छन्,’ उनले भने ।
पुस्तक व्यवसायी नयाँ
पाठ्यपुस्तकका लागि एक–डेढ महिना लाग्ने बताउँछन् । पठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम परिवर्तन गरेका कारण विद्यार्थीले पुरानो पुस्तक पढ्न पाउनेछैनन् । शैक्षिक सत्र सुरु हुनु एक साताअघिसम्म कक्षा १० का १ हजार सेटभन्दा कम पुस्तक जिल्ला भित्रिएका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघका अध्यक्ष कमलराज तिमिल्सेनाले अहिलेकै गतिमा पुस्तक आउने हो भने कम्तीमा दुई महिनासम्म सबैका विद्यार्थीका हातमा पर्दैन ।
जिल्ला शिक्षा कार्यालयले भने पुस्तक आइनपुगुन्जेल कक्षा १० का बाहेक अन्यले पुरानैलाई व्यवस्थापन गरेर पढाइ अघि बढाउनुपर्ने जनाएको छ ।
कान्तिपुरमा गिरुप्रसाद भण्डारीले लेखेका छन् ।

प्रतिक्रिया